Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको कुन पालिकामा कति मतदाता ?

खोटाङको कुन पालिकामा कति मतदाता ?


समायोजन खबर
  • आइतबार, फाल्गुन १० २०८२

  • समायोजन खबर खोटाङ,आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन्।

    एकवटा निर्वाचन क्षेत्र रहेको यहाँ ७७ हजार ६५६ जना पुरुष मतदाता र ६९ हजार ४६४ जना महिला मतदाता रहेका छन्। १३६ वटा मतदान स्थल र दुई अस्थायीसहित १९७ वटा मतदान केन्द्र रहेको छ।

    ऐसेलुखर्क गाउँपालिकामा कूल ११ हजार ८८३ जनामध्ये ६ हजार १९९ जना पुरुष र ५ हजार ६८४ जना महिला मतदाता रहेका छन्। १३ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र रहेको छ।

    केपिलासगढी गाउँपालिकामा १० हजार १७८ जना मतदातामा ५ हजार ८६७ जना पुरुष, ५ हजार १११ जना महिला मतदाता छन्। यहाँ १३ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छ।

    खोटेहाङ गाउँपालिकामा १५ हजार १७ जना मतदातामध्ये ७ हजार ९१५ जना पुरुष मतदाता, ७ हजार १०२ जना महिला मतदाता रहेको यहाँ १५ वटा मतदान स्थल, २० वटा मतदान केन्द्र रहेको छ।

    जन्तेढुंगा गाउँपालिकामा १० हजार २३९ जना मतदाता छन्। यहाँ ५ हजार ५०२ जना पुरुष मतदात, ४ हजार ७३७ जना महिला मतदाता छन्। १२ वटा मतदान केन्द्र र १५ वटा मतदान स्थल छन्।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ५८६ जना मतदातामध्ये पुरुष मतदाता ७ हजार १४० जना, महिला मतदाता ६ हजार ४४६ जना छन्। यहाँ १३ वटा मतदान स्थल, १८ वटा मतदान केन्द्र छ।

    वराहपोखरी गाउँपालिकामा ९ हजार ३५४ मतदातामा ४ हजार ९७७ जना पुरुष मतदाता, ४ हजार ३७७ जना महिला मतदाता छन्। १० वटा मतदान स्थल तथा १३ वटा मतदान केन्द्र रहेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदातामध्ये १८ हजार ४३७ जना पुरुष, १७ हजार ३२३ जना महिला मतदाता छन्। यहाँ २४ वटा मतदान स्थल, ४५ वटा मतदान केन्द्र रहेको छ। रावाबेशी गाउँपालिकामा ९ हजार ७३० जना मतदातामा ५ हजार २१७ पुरुष, ४ हजार ५१३ जना महिला मतदाता छन्। १० वटा मतदान स्थल, १४ वटा मतदान केन्द्र छ।

    साकेला गाउँपालिकामा ८ हजार ६४५ जना मतदातामा ४ हजार ६३० जना पुरुष, ४ हजार १५ जना महिला मतदाता छन्। यहाँ ८ वटा मतदान स्थल, १२ वटा मतदान केन्द्र छ। हलेसी तुवाचुङ नगरपालिकामा २१ हजार ९२८ मतदातामा ११ हजार ७७२ पुरुष, १० हजार १५६ जना महिला मतदाता छन्। हलेसीमा १८ वटा मतदान स्थल, २७ वटा मतदान केन्द्र रहेको छ। खोटाङमा १३ वटा राजनीतिक दल र दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology