समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार धाराखोलाका ७१ वर्षीय बल बहादुर राईको टाउकोमा ढुंगा खस्दा मृत्यु भएको छ।
च्यास्मिटारको दाल्फुस्थित भित्री सडकखण्डमा ना १ क ७३४७ नम्बर(टेक बहादुर राई)को जेसीबी मेशिन मर्मत गर्ने क्रममा जेसीबीले खसाएको ढुंगाले करीव चार सय मिटर तल पैदल हिडिरहेका राईको टाउकोमा लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो १२ बजेर ३० मिनेटमा जेसीबी मेशिन मर्मत गरिएको थियो। दिउँसो १ बजेर २० मिनेटमा ढुंगा टाउकोमा खसेर राईको मृत्यु भएको जानकारी प्रहरीलाई पुगेको थियो।
प्रहरीले जेसीबी , जेसीबी चालक उदयपुर ताप्ली गाउँपालिका–२ लेखगाउँका २६ वर्षीय केवल मगरलाई नियन्त्रणमा लिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology