Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति रनिङ शिल्डको उपाधी राधाकृष्ण माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधी राधाकृष्ण माविलाई


समायोजन खबर
  • शनिबार, माघ २५ २०८२

  • समायोजन खबर खोटाङ,साकेला गाउँपालिकामा सम्पन्न माध्यमिक विद्यालयस्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी राधाकृष्ण माविले उचालेको छ।

    गाउँपालिकाको आयोजना, चण्डेश्वरी मावि डाँडागाउँको व्यवस्थापनमा बाँझेच्यानडाँडाको खेलमैदानमा शनिबार सम्पन्न खेलमा सात स्वर्ण, सात रजत चार कास्य पदक ल्याएर राधाकृष्ण मावि पहिलो बनेको हो।

    सात स्वर्ण, तीन रजत, छ कास्य ल्याएर साकेला मावि दोश्रो भएको छ। पाँच स्वर्ण, छ रजत, पाँच कास्य पदक ल्याएर बालबालिका मावि तेश्रो हुँदा सिद्धेश्वरी मावि चौथोमा सिमित भएको छ।
    राधाकृष्ण मावि गतवर्ष भएको ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि पहिलो भएको थियो। प्रथम भएको राधाकृष्ण माविले रनिङ शिल्ड, ट्रफी र मेडल प्राप्त गरेको छ। दोश्रो र तेश्रो हुने विद्यालयले ट्रफी, मेडल प्राप्त गरेका छन्।

    बुधबारदेखी सुरु भएको प्रतियोगितामा पालिकाभित्रका छ वटा माविले भाग लिएको थियो। प्रतियोगितामा भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड तथा १०० र ४०० मिटर रिले दौड, ज्याबलिङ थ्रो र त्रिपल जम्प भएको थियो। प्रतियोगिता गराउन गाउँपालिकाले तीन लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले एक लाख बजेट व्यवस्थापन गरेको थियो।

    विजेता विद्यालय तथा विधार्थीहरुलाई साकेला गाउँपलिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष विर्सिका राई, बाझेच्यानडाँडाका वडाध्यक्ष हेमन राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology