समायोजन खबर खोटाङ, साकेला गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
गाउँपालिकाको आयोजना, चण्डेश्वरी मावि डाँडागाउँको व्यवस्थापनमा बाँझेच्यानडाँडाको खेलमैदानमा बुधबारदेखी ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।
प्रतियोगितामा पालिकाभित्रका राधाकृष्ण मावि, चण्डेश्वरी मावि, साकेला मावि, सिद्धेश्वरी मावि, बालबालिका मावि, सरस्वती मावि गरी ६ वटा माध्यमिक विद्यालयका विधार्थीहरुले सहभागिता जनाएको छ।
तीन दिवसीय प्रतियोगितामा भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड हुनेछ। १५०० मिटर दौडमा छात्रालाई सहभागी गराईएको छैन।
यस्तै, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, ज्याबलिङ थ्रो र त्रिपल जम्पसहित २५ स्वर्ण, २५ रजत र २५ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी र मेडल पाउनेछन। दोश्रो र तेश्रो हुने विद्यालयले ट्रफी, मेडल प्राप्त गर्ने जनाईएको छ।
प्रतियोगिता गराउन गाउँपालिकाले तीन लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले एक लाख बजेट व्यवस्थापन गरेको साकेला गाउँपालिकाका शिक्षा अधिकृत कविराज राईले बताउनुभयो।
प्रतियोगिताको उद्घाटन साकेला गाउँपलिका अध्यक्ष रविप्रकाश राईले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राईसहित उपाध्यक्ष विर्सिका राई, साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, बाझेच्यानडाँडाका वडाध्यक्ष हेमन राई, मात्तिम विर्ताका वडाध्यक्ष जीवन खत्री लगायतको उपस्थिति थियो। गतवर्ष भएको ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण मावि बाँझेले उचालेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology