• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नीति निर्माण र सुशासन कायम गर्न मेरो उम्मेदवारी हो : लुँइटेल

नीति निर्माण र सुशासन कायम गर्न मेरो उम्मेदवारी हो : लुँइटेल


समायोजन खबर
  • सोमबार, माघ २० २०८२

  • समायोजन खबर खोटाङ, प्रतिनिधि सभा निर्वाचनका लागी ओखलढुङगाबाट नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले आसन्न निर्वाचनबाट आफू निर्वाचित हुने ठोकुवा गर्नुभएको छ। उम्मेदवार लुइँटेलले नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुङगाले सोमबार बिहान आयोजना गरेको पत्रकारसँग उम्मेदवारको भेटघाट कार्यक्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभएको हो।

    बीपी स्मृति भवन ओखलढुङगामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा लुइँटेलले कांग्रेस रूपान्तरण सहित चुनावी मैदानमा होमिएकोमा आसन्न निर्वाचनमा आफू जित तर्फ उन्मुख रहेको बताउनुभयो। आफू निर्वाचित भएपछि समग्र युवाहरूको भावना अनुरूपको नीति निर्माणमा जोड दिने उहाँको भनाई रहेको छ। उम्मेदवार लुइँटेलले भन्नुभयो “विकास निर्माणको काम आवश्यकताको आधारमा निरन्तर चलिरहने प्रकृया हो त्यो पनि रोकिन्न तर समग्र देश विकासका लागी नीति निर्माणमा ध्यान दिनु पर्ने भएकाले मुलुक सुहाउँदो नीति निर्माणमा मेरो जोड रहनेछ।”

    हाल कार्यान्वयनमा रहेका कतिपय नीति नियमहरू समय अनुकुल नरहेको र कतिपय नीतिनियमहरू निर्माण नभएका कारण देश विकासमा बाधा भएका कारण समग्र मुलुकको उन्नतिका लागी नीति निर्माण तथा परिमार्जनमा आफ्नो जोड रहेको नेता लुइँटेलको भनाई रहेको छ। मुलुकको विकासका लागी तत्कालका लागी भ्रष्टाचार निक्कै ठुलो बाधा रहेकाले शुसासनमुखी मुलुक निर्माणका लागी कानुन निर्माणमा आफ्नो भूमिका रहने नेता लुइँटेलले स्पष्ट पार्नुभयो। यसैगरी नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार खिलानाथ दाहालले नेपालमा ठूला ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएकाले आम नागरिकले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नुपर्ने बताउनुभयो। नेता दाहालले २००७ को क्रान्ति देखी पञ्चायती ब्यवस्था बिरुद्धको आन्दोलन समेत नेपाली कांग्रेसको नेतृत्वमा भएको स्मरण गर्दै २०८२ सालको युवा पुस्ताको आन्दोलन पश्चात कांग्रेसमा युवाहरूको भावना अनुसारको मुद्दा समेटेर जाने प्रण गरेकाले युवा पुस्ता समेतले कांग्रेसलाई मतदान गर्नुपर्ने बताउनुभयो।

    नेपाली कांग्रेससँग ८० वर्ष हाराहारी लोकतन्त्रको पक्षमा काम गरेको लामो अनुभव रहेको र मुलुकको संविधान समेत कांग्रेसको नेतृत्वमा जारी भएकाले आम नागरिकहरूले उत्साह पूर्वक तरिकाले कांग्रेसलाई मतदान गर्न उहाँले आव्हान गर्नुभयो।पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भएका पत्रकारहरूलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकै अर्का समानुपातिक उम्मेदवार गोमा केसीले कांग्रेस मुलुककै एक मात्रै समावेशी तथा लोकतान्त्रीक पार्टी रहेकोले सबै जनाले कांग्रेसलाई आफ्नो मतदान गर्नुपर्ने बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology