• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वतन्त्र उम्मेदवारले पाए निर्वाचन चिन्ह

स्वतन्त्र उम्मेदवारले पाए निर्वाचन चिन्ह


समायोजन खबर
  • शुक्रबार, माघ १० २०८२

  • स्वतन्त्र उम्मेदवार राजकुमार राई

    समायोजन खबर खोटाङ, २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा स्वतन्त्र उम्मेदवार बनेका दुईजना उम्मेदवारले चुनाव चिन्ह पाएका छन्।

    स्वतन्त्र उम्मेदवार रावाबेशी गाउँपालिका–१ कुभिण्डेका ६३ वर्षीय राजकुमार राईले मुढा र अर्का स्वतन्त्र उम्मेदवार दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका ४२ वर्षीय तिलकचन्द्र राईले कैची चुनाव चिन्ह रोजेका छन्।

    स्वतन्त्र उम्मेदवारले रोज्न पाउने ८४ वटा चुनाव चिन्हमध्ये राजकुमारले मुढा र तिलकचन्द्रले कैची निर्वाचन चिन्ह रोज्नु भएको सहायक प्रमुख निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिनुभयो।
    निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते दिउँसो ४ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम थियो। सोही कार्यक्रम अनुसार उम्मेदवारले निर्वाचन चिन्ह पाएका हुन्।
    खोटाङमा दुई स्वतन्त्रसहित १३ राजनीतिक दलको उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचनका लागि महिला ६९ हजार ४६४ र पुरुष ७७ हजार ६५६ जना गरी १ लाख ४७ हजार १२० जना मतदाता कायम भएको छ । जिल्लाभर १३६ मतदानस्थल र १९५ वटा मतदान केन्द्र रहेको छ। जिल्लामा एकवटा मात्रै निर्वाचन क्षेत्र रहेको छ।

    यसैबीच, उम्मेदवार तथा राजनीतिक दलले पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली कांग्रेसले निर्वाचन कार्यालयमा माघ ७ गते पत्रचार गरेपछि १५ जना उम्मेदवार, राजनीतिक दल र दलका भातृ संगठनलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ ९ गते पत्रचार गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology