समायोजन खबर खोटाङ, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला अदालतमा शुक्रबार जिल्ला न्यायाधीश एवंम् मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले कार्यालयको उदघाटन गर्नुभएको छ।
निर्वाचन कार्यक्रम अन्तर्गत माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको नामावली सूचि तयार गरिनेछ। माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ, माघ ७ र ८ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन सफल बनाउन खोटाङमा सरकारले १२८२ जना निर्वाचन प्रहरीको माग गरेकोमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासम्म ८६४ जनाले आवेदन दिएका छन्। निर्वाचन प्रहरीका लागि आवेदन माघ ३ गतेसम्म प्रहरी कार्यालयहरुमा दिन सकिनेछ। निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाले सुरक्षा दिनेछ।
खोटाङमा नेपाली कांग्रेस बाहेक अन्य सबै राजनीतिक दलले उम्मेदवार सिफारिस गरिसकेको छ। जेनजी आन्दोनपछि शुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन लागेको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology