Samayojan khabar

Advertisment

SKIP THIS

जेनजी आन्दोलनमा फरार पक्राउ

जेनजी आन्दोलनमा फरार पक्राउ


समायोजन खबर
  • सोमबार, पौस ७ २०८२

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार भई लुकिछिपी बसिरहेका मन्दिप राईलाई प्रहरीले पक्राउ गरेको छ।

    जगन्नाथदेवल केन्द्रीय कारागार काठमाण्डौमा आगजानी र ज्यान मार्ने मुद्धाको कैद सजाय भुक्तान गरिरहेका उदयपुरका ५५ वर्षीय राईलाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित मंसिरेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    लुकिछिपी बसिरहेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट राजापानीबाट खटेको टोलीले आइतबार राती ८ बजेर ३० मिनेटमा उनलाई पक्राउ गरेको हो। पक्राउ परेका राईलाई जिल्ला कारागार खोटाङमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।

    सामाजिक सञ्जाल खुला र व्याप्त भ्रष्टारचारविरुद्ध भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भएको थियो। आन्दोलनकारीहरुले कारागार तोडफोड गरेपछि कैदीबन्दीहरु फरार भएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology