• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक


समायोजन खबर
  • सोमबार, मंसिर २३ २०८२

  • समायोजन खबर खोटाङ, गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। उक्त गीतको अडियो ओसियन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

    संगीतकार ओमप्रकाश राईले संगीत भरेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीतलाई गायिका पेमा शेर्पा राईले गाएकी छन्। गायिका पेमाले दर्जनौं गीत गाएकी छन् भने संगीतकार ओमप्रकाश राईले सयौं गीतमा संगीत भरेका छन्।

    सार्वजनिक गीतको एरेञ्ज सन्तोष प्रगाढ राई, इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन्। गीतले मायाले पारेको चोट र टाढिए पनि ‘फूलजस्तै हाँसीखुसी रहनू’ भन्ने प्रेमिल भाव प्रस्तुत गरेका छन्।

    यसअघि गीतकार राईका दुई गीत रेकर्ड भएका छन्। २०७५ सालमा रेकर्ड भएको उनको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीतलाई अभिनय क्षेत्रमा पनि चिनिएकी शिला खनालले गाएकी छन्। त्यस्तै २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छौ बिसञ्चो’ गीत रेकर्ड भएको छ। उक्त गीतलाई २०८१ सालमा नवराज पराजुलीले पनि गाएका छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका गीतकार राई साहित्य लेखन र पत्रकारितामा उत्तिकै सक्रिय छन्। गीतकार राई साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। उनका ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) बालकथासंग्रह प्रकाशित छन्।

    ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको विधागत उन्नयनमा लागेका गीतकार राईका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ सामुहिक लघुकथासंग्रह पनि प्रकाशित छन्। उनको संयोजन तथा विमल भौकाजीको सम्पादनमा हालै ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह पनि प्रकाशित छ। रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology