समायोजन खबर खोटाङ, सामाजिक सुरक्षा भत्ता नविकरण गरेर घर फर्केका एकजना पुरुष बेपत्ता भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४२ वर्षीय बिरे राई साउन २७ गतेदेखि बेपत्ता भएका हुन्।
सुस्तमनस्थितिका उनी साउन २७ गते आमा र साँहिला भाईसँग सामाजिक सुरक्षा भत्ता नविकरण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पञ्जीकरण शाखा दिक्तेल आएका थिए। सोही दिन पञ्जीकरण शाखामा काम सकेर पाथेका फर्कने क्रममा सोल्माबाट उनी बेपत्ता भएको पाथेकाका वडा सदस्य रामधन नाछिरिङ राईले जानकारी दिए।
वडा सदस्य राईका अनुसार काम सकेर आमाभाई पछि–पछि उनी अगाडी हिड्दै घर जाँदै थिए। तर, सोल्माको बाटोमा पाथेका जाने बस भेटेपछि बिरे बसमा चढेर ५०–६० मिटर अगाडी पुगेर पुनः बसबाट झरेपछि बेपत्ता भएका हुन्।
बेपत्ता भएका बिरेको आफन्तहरुले खोजी गरिरहेको तर, हालसम्म पत्ता नलागेको वडा सदस्य राईको भनाई छ। बिरेले झोला बोकेको र झोलाभित्र आमाभाईको नागरिकतासहित कागजात रहेको छ।
सुस्तमनस्थितिका बिरेलाई नगरपालिकाले ‘क’ वर्गको रातो कार्ड बनाईदिएको थियो। रातो कार्ड भएपछि सामाजिक सुरक्षा भत्ता लिंदै आएका उनी सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणमा समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचय पत्र बनाउँदै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न गाउँबाट दिक्तेल आएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology