• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यलम्बर हाङको प्रतिमा उद्घाटन कार्यक्रम स्थगित

यलम्बर हाङको प्रतिमा उद्घाटन कार्यक्रम स्थगित


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १७ २०८२

  • बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको यलम्बर हाङको एक सय दश फिट अग्लो पूर्णकदको प्रतिमा। तस्वीर पवन राई।

    समायोजन खबर खोटाङ, प्रथम किराती राजा यलम्बर हाङको निर्माण सम्पन्न एक सय दश फिट अग्लो पूर्णकदको प्रतिमा उदघाटन कार्यक्रम स्थगित भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा यलम्बरको सालिक र पार्क कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट जेठ १८ गते उदघाटन गर्ने भनिएकामा उक्त कार्यक्रम स्थगित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए।

    यतिबेला प्रदेशको बजेट बनाउने र विभिन्न कार्यक्रमको चापका कारण मुख्यमन्त्री कार्कीले नै केही समयपछि उद्घाटन गर्ने सल्लाह दिनु भएपछि उद्घाटन कार्यक्रम स्थगित भएको प्रवक्ता घिमिरेले बताए।
    कोशी प्रदेशको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीसहित दश करोड दश लाख लागतमा उमा तुवाचुङ अनसुवी जेभीले प्रतिमासहितको पार्क निर्माण सम्पन्न गरेको हो।

    सगरमाथा राजमार्गको गाईघाट–महुरे सडकखण्डमा पर्ने पञ्चदोबाटोमा निर्माण भएको प्रतिमासहितको पार्क २०७८ कात्र्तिक ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले किराती परम्परा अनुसार धामी(नछुङ)बाट विधी गरेर शिलान्यास गर्नुभएको थियो।

    यलम्बर हाङले गोपाल वंशलाई पराजित गर्दै ५ हजार ८१ वर्ष पहिला देशको शासनसत्ता चलाएकोे इतिहास पाईन्छ। यलम्बर हाङलाई सामाजिक शुद्धिकरणका काम गर्ने लोकतान्त्रिक राजाको नामले पनि चिन्ने गरिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology