समायोजन खबर खोटाङ, कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले फोक्सिङटार–धाप्लाङघाट सडकको ट्रयाक खोल्न सुरु गराएको छ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथिको १ सय २० मिटरको आर्च डिजाइनको पूल गत असोज १२ गते आएको बाढीले बगाएपछि त्यसको विकल्प खोज्दै फोक्सिङटार–धाप्लाङघाट ९ किलोमिटर सडकको ट्रयाक खोल्न सुरु गरिएको हो।
शनिबार बराहपोखरी गाउँपालिका–३ साउनेचरको लामाचौरमा भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उक्त ट्रयाकको शिलान्यास गर्नुभएको छ । मन्त्रालयको १ करोड २० लाख बजेटमध्ये हाललाई ४५ लाखको उपभोक्ता समितिबाट काम गर्नेगरी सडकको शिलान्यास गरिएको हो।
उक्त बजेट मन्त्रालयले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ। बाँकी बजेटको काम भने ठेक्कामार्फत हुनेछ। ट्रयाक ओपनको काम सकेपछि खोटाङका नागरिकले सुनकोशी नदीको किनारै किनार फोक्सिङटारदेखि साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न पाउनेछन्।
धाप्लाङघाटबाट उदयपुरको साउने हुँदै तराई झर्न सक्नेछन्। धाप्लाङघाटमा पक्की पुलको पिल्लरको काम धमाधम भईरहेको छ। फोक्सिङटारको पूल बगाईसकेपछि भौतिक पूर्वाधार विकासमन्त्री राईले गत माघ १२ गते उक्त रुटको संम्भाव्यताका लागी पैदल यात्रा गर्नुभएको थियो।
बगाएको फोक्सिङटारको पूल बन्न समय लाग्ने र धाप्लाङघाटको पूल चाँडै बन्ने भएकाले बैकल्पिक सडकका रुपमा फोक्सिङटार–धाप्लाङघाट सडकको ट्रयाक खोल्न सुरु गरिएको मन्त्री राईले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology