• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटेहाङमा निशुल्क आँखा जाँच शिविर सुरु

खोटेहाङमा निशुल्क आँखा जाँच शिविर सुरु


समायोजन खबर
  • बिहिबार, जेष्ठ २ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ। खोटेहाङ गाउँपालिका र नेत्र ज्योति संघ खोटाङको संयुक्त आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी खोटाङबजारमा बिहीबारदेखि शिविर सुरु भएको हो।

    शिविरको गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई र उपाध्यक्ष रुपेश राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
    शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक डा.बिकी गुप्ताको नेतृत्वमा १३ जना चिकित्सक खटिनु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन बहादुर मगरले जानकारी दिनुभयो।
    शिविरमा ज्येष्ठ नागरिकहरुलाई पढ्न मिल्ने चश्मा र औषधि निशुल्क वितरण गरिनेछ। मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले ओड्ने र एकजना कुरुवाको व्यवस्थापन आफैले गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष राईले बताए। राईका अनुसार बिरामीहरुलाई शिविरस्थलमै खाना र बासको व्यवस्था गाउँपालिकाले मिलाएको छ। शिविरमा बिहान ८ बजेदेखि मध्यान्ह २ बजेसम्म चेकजाँच तथा मध्यान्ह २ बजेपछि साँझ ६ बजेसम्म मोतिविन्दुको शल्यक्रिया गरिनेछ।  गाउँघरमै शिविर सञ्चालन हुँदा आँखा सम्बन्धी रोग भएका नागरिकहरु लाभान्वित भएका छन्। शिविर आगामी जेठ ३ गते समापन हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology