Samayojan khabar

Advertisment

SKIP THIS

सडक तथा पुल मर्मत गर्न ३ करोड १७ लाख विनियोजन

सडक तथा पुल मर्मत गर्न ३ करोड १७ लाख विनियोजन


समायोजन खबर
  • बुधबार, बैशाख १० २०८२

  • फोक्सिङटारस्थित सुनकोशी नदिमाथि राखिएको अथायी बेलिब्रिज।

    समायोजन खबर खोटाङ, कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङका सडक तथा पूल पुनर्निर्माण गर्न वजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षभित्रै ४३ वटा योजनाहरुको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि तीन करोड १७ लाख बजेट विनियोजन गरेको हो।

    भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार जालपा–कादेल–बाक्सिला सडक ग्राभेल गर्न सात लाख, दिक्तेल–जालपा–ऐसेलुखर्क जोड्ने सडकलाई सात लाख, बानाचुङदेखी दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडकलाई सात लाख, किरात चोकदेखी आहालडाँडा खेल मैदान जोड्ने सडकलाई सात लाख, भाडबेशी हलेसी सडक पुनर्निर्माण गर्न सात लाख, नेर्पाको हरेलोडाँडा देखि संसारीडाँडा बंगुर फर्म गुप्तेश्वर सडक मर्मत गर्न दश लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहाले–लिपेदोभान–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी–महभिर रेग्मीटार सगरमाथा सडक मर्मत गर्न सात लाख विनियोजन गरिएको छ।

    दिक्तेल–साप्सुखोला–मात्तिम–मनेभंज्याङ–पाँचधारे सडकलाई सात लाख, बाँझेच्यानडाँडा रतन्छा मानेभन्ज्याङ काल्चिन खोला सडकलाई सात लाख, कालापानी ठुलिबेसी खोटाङबजार सडकलाई सात लाख, डुम्रीबोटे–रुम्दु–फोक्सीन्टार सडक योजना बराहपोखरीलाई सात लाख, धाप्लाङ धर्तुङ बराहपोखरी सडकलाई सात लाख, साउनेचौरदेखि बंदुवा आसावाला फोक्सीङटार सडकलाई बिस लाख, धाप्लाङ मांसिङटार खाप्ताङ सडक, बराहपोखरीलाई सात लाख, आहाले साप्सुखोला रातमाटा कोटगाँउ सडक मर्मतलाई बाह्र लाख, तावाखोला टेम्मा याम्खा पञ्चमी सडकलाई तेह्र लाख, ढाडेखोलादेखि पुरानागाँउ लफ्याङ जोड्ने सडकलाई सात लाख, टुवाखोला दिहु जनसेवा मावि हुँदै छितापोखरी सडकलाई दश लाख, पंचमी–टुवाखोला–रोक्सिङ सडक मर्मत गर्न तेह्र लाख विनियोजन गरिएको छ।

    चिसापानी छिमवा भन्ज्याङ्ग खर्क सडक मर्मत गर्न सात लाख, चिसापानी वंशीला सडकलाई दश लाख, संसारीडाँडा बगरेभञ्जाङ्ग सडक मर्मतमा सात लाख, सिन्ताङ खुन्द्रे जन्तेढुंगा सडकमा आठ लाख, बाक्सिला–खार्तम्छा–फेदी–धोद्रे सडक मर्मतमा आठ लाख, बाक्सिला खत्रीगाँउ दिप्सुङ बहाने सडकलाई सात लाख, सुन्तले माकापू लुवंग सडक मर्मत गर्न सात लाख, जुगेबारी फुलपाति प्राबि स्कुल गिरी गाउँ दलित बस्ती हुँदै स्वास्थ चौकि पाथेका जाने सडक मर्मत गर्न सात लाख, विजुले, वुईपा, बाम्राङ दिक्तेल सडकलाई आठ लाख, साबिक ५ वडा देखि साबिक वडा नम्बर ४ र ६ हुँदै स्वास्थ्य चौकी जाने सडक ऐसेलुखर्क गाउपालिकालाई सात लाख, दुदिले–खानामा सडक बुवालुङलाई सात लाख वजेट विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो।

    मन्त्री राईका अनुसार गत असोज १२ गते भिषण वर्षासँगै आएको भलबाढीले क्षति गरेका चिपटार झोलुङगे पुल, डिकुवा नर्सरी झोलुङगे पुल, चारवोटे झोलुङगे पुल, कुर्लेघाट झोलुङगे पुल, वतासेघाट झोलुङगे पुल, लैकुघाट झोलुङगे पुल, गोडेली झोलुङगे पुल, हैदे झोलुङगे पुल, धाप्लाङ झोलुङगे पुल,बंशिलाघाट झोलुङगे पुल, भँडारे झोलुङगे पुल, कम्फु झोलुङगे पुल र मैनाटार–चौदन्डी झोलुङगे पुल पुनर्निर्माण गर्न सात–सात लाख वजेट विनियोजन गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology