Samayojan khabar

Advertisment

SKIP THIS

दोश्रो बृहत खोटाङ हलेसी खेलकुद,साहित्यिक तथा पर्यटन महोत्सवको मिति सर्‍यो

दोश्रो बृहत खोटाङ हलेसी खेलकुद,साहित्यिक तथा पर्यटन महोत्सवको मिति सर्‍यो


समायोजन खबर
  • मंगलबार, बैशाख ९ २०८२

  • समायोजन खबर खोटाङ, दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको मिति सारिएको छ। यसअघि बैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने भनिएको महोत्सव बैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म गर्नेगरी मिति सारिएको हो।

    केही प्राविधिक समस्या र सामुदायिक विद्यालयका शिक्षक आन्दोलनलाई मध्यनजर गरेर मिति सार्नुपरेको मंगलबार पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर आयोजक नेपाल खेलकुद प्रतिष्ठानले जानकारी दिएको छ।

    महोत्सवमा ६३ पदकका १३ वटा एथलेटिक्ससहित खुल्ला टेबलटेनिस, खुल्ला बुद्धिचाल प्रतियोगिता र साहित्य महोत्सव हुनेछ। आयोजकका अनुसार दश वर्षमूनिको छात्राछात्र एक माईल, १२ वर्षमूनिको छात्राछात्र दुई किलोमिटर, ६० वर्षमाथि पुरुषको दुई किलोमिटर, आमाहरुको पाँच किलोमिटर, १२ वर्षदेखि १५ बर्षमूनिको छात्रछात्रा सात किलोमिटर र ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ।

    १५ वर्ष माथिको पुरुष महिला दश किलोमिटर र महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता हुनेछ । दौड तथा हाफ म्याराथन दिक्तेल नेर्पामा पर्ने मध्यपहाडी लोकमार्गमा हुनेछ।
    दश वर्षमूनिको छात्राछात्र एक माईल प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो हुनेले तीन हजार, दुई हजार, एक हजार, १२ वर्षमूनिको छात्राछात्र दुई किलोमिटरमा प्रथम, दोश्रो, तेश्रो हुनेले चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथि पुरुषको दुई किलोमिटर र आमाहरुको पाँच किलोमिटरमा प्रथम, दोश्रो, तेश्रो हुनेले पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्नेछन्।

    १२ वर्षदेखि १५ बर्षमूनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, दोश्रो,तेश्रो हुनेले सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय, ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, दोश्रो,तेश्रो हुनेले १५ हजार, दश हजार र सात हजार पुरस्कार पाउनेछन्।

    १५ वर्ष माथिको पुरुष महिला दश किलोमिटरमा प्रथम, दोश्रो,तेश्रो हुनेले १५ हजार, दश हजार, सात हजार र महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौ, छैटौ र सातौ हुनेले ७७ हजार ७७७, ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार सात सय सतहत्तर र पाँच हजार पाँच सय पचपन्न रुपैयाँ पुरस्कार पाउने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जय कुमार राईले बताए।

    खुल्ला सिनियर पुरुष टेबलटेनिसमा प्रथम हुनेले २५ हजार, दोश्रो हुनेले १२ हजार ५०० तथा तृतीय हुने दुईजनाले जनही ६ हजार २५० का दरले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
    खुल्ला जुनियर पुरुष टेबलटेनिसमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले ७ हजार ५००, तृतीयद्धयले ३ हजार ७५० का दरले पुरस्कार पाउनेछन्। खुल्ला जुनियर महिला टेबलटेनिसमा प्रथमले १० हजार, दोश्रोले ५ हजार र तृतीय हुने दुईजनाले २ हजार ५०० का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

    खुल्ला बुद्धिचालमा प्रथम, दोश्रो, तेश्रो हुनेले २५ हजार, १५ हजार, १० हजार तथा चौथोले ८ हजार, पाँचौले ७ हजार, छैटौदेखि दशौसम्म हुनेले ४ हजारका दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
    बुद्धिचालमा खोटाङ प्रथमले ५ हजार, खोटाङ द्धितीयले ४ हजार, खोटाङ तृतीयले ३ हजार तथा नगरपालिका वेस्टले २ हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। बुद्धिचालमा वेस्ट महिला, वेस्ट भेट्रान्स र वेस्ट अनरेटेडले जनही ३ हजार, वेस्ट सिक्सटीनले २ हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

    जिल्ला समन्वय समितिको सभाहलमा बुद्धिचाल तथा माटिकोरे कबर्डहलमा टेबलटेनिस प्रतियोगिता हुनेछ ।जिल्लाका दश स्थानीय तह र शुभेच्छुकहरुको सहयोगमा महोत्सव गर्न लागिएको हो। महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology