Samayojan khabar

Advertisment

SKIP THIS

नेर्पामाथि जित निकाल्दै बाक्सिला बन्यो च्याम्पियन

नेर्पामाथि जित निकाल्दै बाक्सिला बन्यो च्याम्पियन


समायोजन खबर
  • शनिबार, बैशाख ६ २०८२

  • समायोजन खबर खोटाङ, खकलुङ युनाईटेड क्लब बासपानीले आयोजना गरेको आमन्त्रित फुटबल प्रतियोगितामा बाक्सिला फुटबल क्लब ‘ए’ च्याम्पियन बनेको छ।

    खोक्मास्थित खेलमैदानमा शनिबार भएको फाइनल खेलमा नेर्पा स्पोर्ट्स क्लबमाथि ४–३ गोल गर्दै बाक्सिला च्याम्पियन बनेको हो। च्याम्पियन बनेको बाक्सिलाले ६० हजार र उपविजेता बनेको नेर्पाले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

    प्रतियोगितामा बाक्सिलाका रोहन परियार उत्कृष्ट गोल रक्षक बन्दा नेर्पाका सुरज राई धेरै गोल गर्ने खेलाडी बने। वेष्ट प्लेयर बाक्सिलाका यलम्बर राई बनेका छन्। उनीहरुले दुई हजारका दरले विधागत पुरस्कार प्राप्त गरे।

    विजयी टिमलाई केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राई, निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सौधन राई लगायतले पुरस्कार वितरण गरेका थिए।

    ४ बैशाखबाट सुरु भएको प्रतियोगितामा खकलुङ युनाईटेड क्लब रातो, खकलुङ युनाईटेड क्लब निलो, नमुना स्पोट्स क्लब लफ्याङ, पाथेका, बाक्सिला फुटबल क्लब बी र मामत्तिम युवा क्लब खार्ताम्छासहित आठ टिम सहभागी थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology