Samayojan khabar

Advertisment

SKIP THIS

आमा समूहले गर्ने निर्णय कार्यपालिकाले गरेपछि अदालतले गर्यो अन्तरिम आदेश

आमा समूहले गर्ने निर्णय कार्यपालिकाले गरेपछि अदालतले गर्यो अन्तरिम आदेश


समायोजन खबर
  • बुधबार, बैशाख ३ २०८२

  • समायोजन खबर खोटाङ, महिला स्वास्थ्य स्वयंसेविका निलम्बन गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्णय विरुद्ध अन्तरिम आदेश जारी भएको छ।

    स्वास्थ्य चौकी विजयखर्क अन्तर्गत साविक वडा नम्बर १ मालाकी स्वयंसेविका जगमाया कार्कीलाई निलम्बन गर्ने नगरको निर्णयविरुद्ध उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगाले बुधबार अन्तरिम आदेश जारी गरेको हो।

    न्यायाधीश धीर बहादुर चन्द र भरत लम्सालको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरेपछि स्वयंसेविका कार्कीको पद यथावत रहेको छ।

    माघ २० गते बसेको कार्यपालिका बैठकले कार्कीलाई निलम्बन गर्ने निर्णय गर्दै फागुन ८ गते निर्णय कार्यान्वयन गर्न भनी नगरपालिकाले कार्कीसम्म पुग्नेगरी स्वास्थ्य चौकी विजयखर्कमा पत्र पठाएको थियो।
    कार्कीलाई नगरले निलम्बन गर्ने निर्णय गरेपछि विजयखर्कको सूर्योदय आमा समूहले स्वयंसेविका राख्ने र हटाउने अधिकार आमा समूहमा रहेको भनी निर्णय गरेर स्वास्थ्य चौकी विजयखर्कमा पठाएको थियो।
    तर, नगरपालिकाले निलम्बन फुकुवा नगरेपछि चैत २० गते कार्कीले आमा समूहको अधिकार हस्तक्षेप गरी निर्णय गरेको भन्दै नगरपालिका विरुद्ध अन्तरिम आदेश समेतको माग गरी उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगामा रिट निवेदन दर्ता गरेकी थिईन्।

    निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश घिमिरे र नगरपालिकाको तर्फबाट अधिवक्ता टेक बहादुर राईले बहस गरेका थिए।

    विजयखर्कका वडाध्यक्षलाई ढुंगामुढा, हातपात र गाली बेइज्जती गरेको तथा काममा नगएका कारण कार्कीलाई स्वयंसेविकाबाट निलम्बन गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताए।

    राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७,पहिलो संशोधन २०७६ ले स्वयंसेविका सम्बन्धी सम्पूर्ण अधिकार आमा समूहलाई दिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology