Samayojan khabar

Advertisment

SKIP THIS

खेलकुदको महामहोत्सव खोटाङमा

खेलकुदको महामहोत्सव खोटाङमा


समायोजन खबर
  • आइतबार, चैत्र ९ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङमा दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुने भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघको आयोजनामा महोत्सव हुने भएको हो।

    आगामी बैशाख १५ गतेदेखि २० गतेसम्म ६३ पदकका १३ वटा एथलेटिक्ससहित खुल्ला ब्याडमिन्टन, खुल्ला पुरुष बुद्धिचाल र साहित्य महोत्सव हुने आयोजकले आईतबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन जानकारी दिएको छ।

    आयोजकका अनुसार दश वर्षमूनिको छात्राछात्र एक माईल, १२ वर्षमूनिको छात्राछात्र दुई किलोमिटर, ६० वर्षमाथि पुरुषको दुई किलोमिटर, आमाहरुको पाँच किलोमिटर, १२ वर्षदेखि १५ बर्षमूनिको छात्रछात्रा सात किलोमिटर र ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ।

    १५ वर्ष माथिको पुरुष महिला दश किलोमिटर र महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता हुनेछ। दश वर्षमूनिको छात्राछात्र एक माईल प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो हुनेले तीन हजार, दुई हजार, एक हजार, १२ वर्षमूनिको छात्राछात्र दुई किलोमिटरमा प्रथम, दोश्रो, तेश्रो हुनेले चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथि पुरुषको दुई किलोमिटर र आमाहरुको पाँच किलोमिटरमा प्रथम, दोश्रो, तेश्रो हुनेले पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्नेछन्।

    १२ वर्षदेखि १५ बर्षमूनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, दोश्रो,तेश्रो हुनेले सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय, ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, दोश्रो,तेश्रो हुनेले १५ हजार, दश हजार र सात हजार पुरस्कार पाउनेछन्।

    १५ वर्ष माथिको पुरुष महिला दश किलोमिटरमा प्रथम, दोश्रो,तेश्रो हुनेले १५ हजार, दश हजार, सात हजार र महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौ, छैटौ र सातौ हुनेले ७७ हजार ७७७, ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार सात सय सतहत्तर र पाँच हजार पाँच सय पचपन्न रुपैयाँ पुरस्कार पाउने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जय कुमार राईले बताए।

    खुल्ला पुरुष ब्याडमिन्टन अन्तर्गत १५ वर्षमूनिको सिंगलमा प्रथम, दोश्रो, तेश्रो हुनेले सात हजार ७७७, छ हजार ६६६, पाँच हजार ५५५, खुल्ला सिंगलमा प्रथम, दोश्रो, तेश्रो हुनेले १५ हजार ५५५, ११ हजार १११, पाँच हजार ५५५, खुल्ला डबलमा प्रथम, दोश्रो, तेश्रो हुनेले २० हजार, १५ हजार, दश हजार तथा ४५ वर्षमाथिको डबल र खुल्ला मिक्स ब्याडमिन्टनमा प्रथम, दोश्रो, तेश्रो हुनेले ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ का दरले पुरस्कार पाउनेछन्। खुल्ला बुद्धिचालमा प्रथम, दोश्रो, तेश्रो हुनेले ४० हजार, २५ हजार, १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

    जिल्लाका दश स्थानीय तह र शुभेच्छुकहरुको सहयोगमा महोत्सव गरिने जनाईएको छ। महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। जिल्ला समन्वय समितिको सभाहलमा बुद्धिचाल तथा माटिकोरेको कबर्डहलमा ब्याटमिन्टन र साहित्य महोत्सव हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology