समायोजन खबर खोटाङ, खोटाङको सोल्मामा सुरु भएको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा आयोजक सोल्मा स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित सोल्मा खेलमैदानमा फागुन २४ गते भएको उद्घाटन खेलमा बुईपा स्पोर्ट्स क्लबलाई २–० ले हराउँदै सोल्माले विजयी यात्रा सुरु गरेको हो।
सोल्माले सुरुवातबाटै बुईपालाई दबाबमा राखेर खेलेको थियो। सोल्माका तर्फबाट दोश्रो हाफको ६ मिनेटमा दिवस राई र दोश्रो हाफकै १८ औं मिनेटमा सामेल राईले एक–एक गोल गरेका थिए।
प्रतियोगिताको कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पीकेले सोल्मा स्पोट्स क्बलको ब्यानर बाँधिएको बेलुन उडाएर उद्घाटन गरेका थिए। बेलुनमा बाँधेर उडाईएको ब्यानर भेट्नेलाई ५ हजार पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्टस क्लबका अध्यक्ष ध्रुवविक्रम राईले बताए।
अब सोल्माले फागुन २६ गते इन्द्रेणीपोखरीसँग प्रतिस्पर्धा गर्नेछ। एलाभेन ए साइडको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको छ। फागुन २५ गते नुनथला र बाक्सिला, हलेसी र पाथेका, लफ्याङ र मात्तिम खेल्नेछन्। दोर्पा, जाल्पा, केएफएले सीधै वाई पाएको छ।
प्रतियोगिताका विजेताले १ लाख ३३ हजार ३३३ रुपैयाँ, उपविजेताले ७१ हजार १११ रुपैयाँ, सेमिफाइनलिष्ट दुई टिमले जनही ३५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
बेष्ट प्लेयरले ५ हजार ५५५ रुपैयाँ, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरले जनही ३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन्। प्रतियोगिता समापनमा जिल्लाका एकजना पत्रकारलाई ५ हजार ५५५ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको समापन फागुन २९ गते हुनेछ। सो दिन पूर्व निर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ब्यक्तिहरुलाई सम्मान गरिनेछ। समापनमै गायक पदम राई र गायिका बबिना किरातीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology