समायोजन खबर खोटाङ, २६२ औं सेना दिवसको अवसरमा रणभीम गण मुडे ब्यारेकले आयोजना गरेको हलेसी रन फर फनको उपाधि सेनाले जितेको छ। बुधबार भएको महिला पुरुष दौड प्रतियोगिताकै उपाधि सोही गणमा कार्यरत सेनाहरुले जितेको हो।
रत्नपार्क गेटबाट जिल्ला प्रहरी कार्यालय, टेलिकम, जिल्ला अस्पताल, अल्छेढुगा, सोल्मा पुगी पुनः रत्नपार्क गेट, डिभिजन वन कार्याल रुट हुँदै माटिकोरे खेलमैदानसम्म १०.५ किलोमिटर पुरुष दौडमा सेना खिम बहादुर वली प्रथम भए।
वलीले ३७ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए। केपिलासगढी गाउँपालिका–३ बासपानीका सुर्यराज राई दोश्रो र सेना खेमचन्द्र विक तेश्रो भए। उनीहरुले क्रमशः १० हजार, ७ हजार, ३ हजारसहित मेडल र प्रमाणपत्र पाए।
महिला दौडतर्फ प्रथम, दोश्रो, तेश्रो नै गणमा कार्यरत सेनाहरु भए। निर्मला राउत प्रथम भईन्। राउतले २३ मिनेट ४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिईन्। ज्वती राई दोश्रो र मनिता खड्का तेश्रो भईन्। महिलालाई ५ किलोमिटर दुरी तय गरिएको थियो। उनीहरुले पनि क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए । उमेरको कुनै हदबन्दी नरहेको रन फर फनमा ७८ जना महिला र १२५ जना पुरुष दौडिएका थिए।
यस्तै, अन्तर मावि छात्र भलिबल प्रतियोगितामा दिक्तेलको सरस्वती माध्यमिक विद्यालय विजेता बन्दा महेन्द्रोदय माध्यमिक विद्यालय हलेसी उपविजेता बन्यो। भलिबल प्रतियोगिताका विजेताले १५ हजार र उपविजेताले ७ हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गणका सेनानी विपिन नगरकोटीले जानकारी दिए। भलिबल प्रतियोगितामा जिल्लाका ९ विद्यालय सहभागी थिए।
दिवसकै अवसरमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी विविध नृत्य तथा खोटाङ जिल्लाको विशेष कला, संस्कृति, भेषभुषा झल्किने साकेला नृत्य प्रदर्शनी र नेपाली सेना सम्बन्धी जानकारीमूलक फ्लेक्स तथा पोशाक प्रदर्शनी गरिएको थियो। नेपाली सेना र नागरिकको सम्बन्धलाई सुढृढ बनाउन खेलकुद र सांस्कृतिक कार्यक्रम गरिएको गणका गणपति प्रमुख सेनानी केदार प्रसाद लामिछानेले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology