Samayojan khabar

Advertisment

SKIP THIS

आयोजक नेर्पा च्याम्पियन

आयोजक नेर्पा च्याम्पियन


समायोजन खबर
  • शनिबार, माघ २६ २०८१

  • विजेता नेर्पालाई पुरस्कार वितरण गर्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई लगायत।

    समायोजन खबर खोटाङ, नेर्पा स्पोर्ट्स क्लब नेर्पाले आयोजना गराएको ‘तेश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’मा आयोजक नेर्पा स्पोर्ट्स क्लब(सेतो) च्याम्पियन बनेको छ।

    क्लबको खेलमैदान नेर्पास्थित संसारीडाँडामा शनिबार सम्पन्न फाईनल खेलमा बाक्सिला फुटबल क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै नेर्पा च्याम्पियन बनेको हो। नेर्पाका खेलाडी भुजन गुरुङले खेलको ५ मिनेटमा र २७ मिनेटमा एक/एक गोल गरेका थिए। सुरुवातीबाटै नेर्पाको दबाबमा परेको बाक्सिलाले कुनै गोल फर्काउन सकेन।

    बाक्सिलाका दिवस श्रेष्ठले पहिलो हाफको २५ मिनेटमा पहेलो कार्ड पाए। नेर्पाका मिङमा तामाङ र सुरज राईलाई दोश्रो हाफमा रेफ्रीले पहेलो कार्ड देखाए। च्याम्पियन बनेको आयोजक नेर्पाले नगद दुई लाख र उपविजेता बनेको बाक्सिलाले १ लाख नगद पुरस्कार पाएका छन्।
    सेमिफाइनलिष्ट बनेको खोटाङ फुटबल एकेडेमी(केएफए) र रतन्छा फुटबल क्बलले ४०/४० हजार नगद पाए। प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका केएफएका दीपक खत्रीले सात हजार पुरस्कार प्राप्त गरेका छन्। उत्कृष्ट गोलरक्षकमा बाक्सिलाका अजय परियार, डिफेन्डरमा नेर्पाका सुदीप मगर, मिडफिल्डरमा नेर्पाकै सामेल राई, फर्वाडमा नेर्पाका सागर तामाङ र प्रशिक्षकमा नेर्पाकै विशाल राई छानिए। उनीहरुले जनही पाँच हजार, ट्रफि र मेडल पाए । बाक्सिलाका सन्देश राई उदीयमान खेलाडी र नेर्पाका गोलरक्षक नविन पोखरेल सर्वोत्कृष्ट खेल प्रदर्शन गर्नेमा छानिए।

    विजयी टीम र खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई र केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राईले पुरस्कार वितरण गरेका थिए।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वडा कार्यालय नेर्पा र शुभेच्छुकहरुको सहयोगमा प्रतियोगिता गराईएको क्बलका अध्यक्ष शरद राईले बताए। २२ माघदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्लबबाट १२ टीमले सहभागिता जनाएको थियो।

    प्रतियोगिता अवधिमा नेर्पामा जन्मिएर अधिकृत लेभलमाथि जागिर खाईरहेका निजामती कर्मचारी, बाल सेवा समाज नेर्पा र शाररीक सुगठन खेलाडी सुरेश पराजुलीलाई सम्मान गरिएको क्लबका महासचिव विरेन गुरुङले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology