समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको देविथान एकता समाजलाई ७० वटा प्लाष्टिक कुर्सी सहयोग प्राप्त भएको छ।
समाजका तत्कालिन स्वर्गीय कोषाध्यक्ष चक्रबहादुर बस्नेतको पाँचौ वार्षिक पुन्यतिथिमा उनका चार छोरा युवराज बस्नेत, काशीराज बस्नेत, प्रेम बस्नेत र मिलन बस्नेतले कुर्सी सहयोग गरेका हुन्।
समाजको कार्यालय दिक्तेलस्थित आर्दश टोलमा आईतबार स्वर्गीय बस्नेतका जेठा छोरा युवराजले समाजका सचिव लोकमाया थापालाई ४९ हजार मुल्य बराबरको कुर्सीहरु हस्तान्तरण गरेका हुन्। गत पुस २७ गते भएको समाजको अधिवेशनबाट स्वर्गीय कोषाध्यक्ष चक्रबहादुरकै जेठा छोरा युवराज अध्यक्षमा चुनिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology