• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका करीव १० हजार किशोरीलाई एचपिभि खोप लगाईने

खोटाङका करीव १० हजार किशोरीलाई एचपिभि खोप लगाईने


समायोजन खबर
  • बिहिबार, माघ १७ २०८१

  • स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाई

    समायोजन खबर खोटाङ, खोटाङमा माघ २२ गतेदेखि किशोरीहरुलाई एचपिभि खोप लगाईने भएको छ। पाठेघरको मुखको क्यान्सर लाग्नबाट सुरक्षित हुन खोप लगाईने भएको हो।

    कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने सबै किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका ९ हजार ९९५ जना किशोरीहरुलाई एचपिभि खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताउनुभयो।

    चौलागाईका अनुसार माघ २२ गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेंशी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका तथा माघ २३ गतेदेखि खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र वराहपोखरी गाउँपालिकामा खोप लगाईनेछ। खोप विद्यालय र स्वास्थ्य संस्थामा चार दिनभित्र लगाईने छ।

    नेपालमा हरेक बर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ। यसबाट हरेक बर्ष एक हजार ३१३ जना (औषतमा प्रत्येक दिन ४ जना) महिलाको मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।
    पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रुपमा रगत बग्ने र धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महशुस हुने जस्ता लक्षण चिन्हहरु देखिन्छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology