समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा जनजागृति माध्यमिक विद्यालय सोल्माको व्यवस्थापनमा सोमबार सम्पन्न प्रतियोगितामा १८ स्वर्ण १८ रजत १९ कास्य पदक ल्याएर प्रथम भएको विद्यालयले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
१० स्वर्ण, १० रजत र ११ कास्य पदक ल्याएर सरस्वती मावि दिक्तेल दोश्रो, ९ स्वर्ण ६ रजत ५ कास्य ल्याएर आयोजक जनजागृति मावि सोल्मा तेश्रो हुँदा श्रीमावि बाँसबोटे ५ स्वर्ण ४ रजत २ कास्य ल्याएर चौथो र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले ३ स्वर्ण १ रजत र ७ कास्य ल्याएर पाँचौ भएको छ।
५४ स्वर्ण, ५४ रजत र ७८ कास्य पदकका लागि प्रतियोगिता भएको थियो । प्रतियोगिता गराउन नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो।
नगरपालिकाभित्रका २१ वटा सामुदायिक र ३ वटा संस्थागतगरी २४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको थियो। विजयी खेलाडी र विद्यालयलाई सोल्मास्थित जनजागृति माविको प्राङगणमा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, जालपाका वडाध्यक्ष दान बहादुर राई, कांग्रेस नेता धर्मराज पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा सहभागी विद्यालयहरुलाई दुरी र खेलाडी संख्या आधारमा यातायात खर्च समेत उपलब्ध गराईएको थियो। जालपा मावि जालपालाई अनुशासित टिम घोषणा गरेर प्रमाण पत्र वितरण गरिएको थियो।
११ माघदेखि दिक्तेलस्थित माटिकोरे खेलमैदान र जनजागृति माविको खेलमैदान सोल्मामा प्रतियोगिताहरु भएको थियो। प्रतियोगिताको कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पिकेले उदघाटन गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology