समायोजन खबर खोटाङ, पत्रकार महासंघ जिल्ला शाखा खोटाङले सरसफाई कार्यक्रम गरेको छ।
महासंघको आयोजना तथा स्थानीयको सहयोगमा सोमबार बिहान दिक्तेलको भवनगैरा(पुष्पलामार्ग)देखि नेकपा एमालेको पार्टी कार्यालय परिसरसम्म सरसफाई गरिएको हो।
भवनगैरादेखि एमाले पार्टी कार्यालयसम्मको सडकको दायाँबाँया, जिल्ला समन्वय समितिको प्राङगण(पार्किङस्थल)मूनि, समन्वयकै पूरानो समिक्षालय हलको बाहिर र सोही हलको पछाडीबाट तल सडकमा असोज १२ गते झरेको पहिरो पन्छाईएको महासंघका सचिव राजकुमार भट्टराईले जानकारी दिए।
समिक्षालय हल वरीपरीका प्लाष्टिक, पानीका खाली बोतल, चाउचाउका खोल, कागज लगातयका फोहोरलाई हलको पछाडी जलाएर नष्ट गरिएको छ।
पहिरोलाई पन्छाएर सडक फराकिलो पारिएको छ। दिक्तेलबजार आवतजावत गर्ने मुख्य सडकमा झरेको पहिरोलाई चार महिनासम्म कुनै पक्षले नहटाएपछि पत्रकारहरु र केही स्थानीय मिलेर पन्छाईएको महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए। आचार्यका अनुसार सरसफाईमा सबैको चेतना पुगोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो।
सरसफाई कार्यक्रममा महासंघका पदाधिकारीको अलवा निवर्तमान अध्यक्ष दिलीप खत्री, नेकपा एमाले दिक्तेल नगर कमिटी अध्यक्ष गोपाल आचार्य, युवा व्यवसायी जोसेफ रिजाल, भुवन आचार्य, नरेन्द्र ढकाल, सुवास आचार्य, निरकुमार श्रेष्ठको सहभागिता थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology