Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला र सोल्मा आमनेसामने हुंदै

बाक्सिला र सोल्मा आमनेसामने हुंदै


समायोजन खबर
  • शुक्रबार, पौस १९ २०८१

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, मझुवागढी कालिका भगवति दोश्रो संस्करणको खुल्ला अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा बाक्सिला र सोल्मा आमनेसामने हुने भएको छ।

    वडा कार्यालय लफ्याङको आयोजना तथा नमुना स्पोर्टस क्लब लफ्याङको सह–आयोजनामा शनिबार लफ्याङको रणजितमान राई खेलमैदानमा हुने उदघाटन खेलमा बाक्सिला र सोल्माबीच प्रतिस्पर्धा हुने भएको हो।

    आयोजकका अनुसार साँघुरीगढी धनकुटा र लफ्याङ, नेर्पा र रतन्छा, दिक्तेल र बाम्राङ भिड्नेछ। सावाकटहरे र नुनथलाले बाई पाएको छ।

    प्रतियोगिताका विजेताले १ लाख ५१ हजार १११, उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमिफाइनलिष्ट दुई टीमले जनही ३५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड प्लेयर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद पाँच हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष सविन राई बिज्ञानले बताए।

    प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले उद्घाटन गर्नेछ। उद्घाटन खेल अपरान्ह २ बजेदेखि सञ्चालन हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology