समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय बाँस सम्मेलन प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रमको घोषणा गरेका छन्।
बाँसको उपयोगिता, संम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म माटिकोरे खेलमैदानमा नगरले आयोजना गर्ने बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रमको घोषणा गरेका हुन्।
कोशी प्रदेशमा पुस १४ गते, मधेश प्रदेशमा पुस १५ गते, बाग्मती प्रदेशमा पुस १६ गते र गण्डकी प्रदेशमा पुस १७ गते प्रदेशस्तरीय कार्यक्रम हुने शुक्रबार पत्रकार सम्मेलन गरेर नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ। अन्य तीन प्रदेशमा जुम प्रविधिबाट कार्यक्रम सञ्चालन गरिनेछ।
नगरप्रमुख भट्टराईको अध्यक्षतामा हुने प्रदेशस्तरीय कार्यक्रममा कोशी प्रदेशमा सहारा नेपाल, मधेश प्रदेशमा डिभिजन वन कार्यालय र धनुषाधाम जनकपुर तथा बाग्मती र गण्डकी प्रदेशमा अर्थ मन्त्रालयको व्यवस्थापन र संयोजनमा कार्यक्रम हुनेछ। उक्त कार्यक्रममा बाँस विज्ञ, सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संघसंस्था तथा बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीको सल्लाह, सुझाव र चुनौतीहरु सुनेर योजना बनाईने छ।
बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख बजेट व्यवस्थापन गरेको जनाएको छ। बाँस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले ४२ लाख बराबरको सम्मेलनलाई आवश्यक पर्ने जिन्सी सामाग्रीहरु योगदान गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए।
नगरप्रमुख भट्टराईका अनुसार बाँस सम्मेलनमा स्टल राख्न १५ जिल्लाबाट प्रस्ताव आईसकेको छ। बाँस सम्मेलनलाई प्रभावकारी बनाउन तथा सम्मेलनमा स्टल राख्न नगरपालिकाकै १५ वडाबाट बाँस क्षेत्रमा काम गरिरहेकाहरुलाई हेटौडाबाट झिकाईएका बाँस बिज्ञ चन्द्र बहादुर थिङले नेर्पामा तालिम दिईरहेको छ। तालिमसँगसँगै सहभागीहरुले सम्मेलनमा राख्न बाँसबाट विभिन्न प्रकारका सामाग्रीहरु तयार गर्नेछ।
नगरपालिकामा अत्याधिक मात्रामा ढुङग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङगो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियाली लगायतका १३ किसिमका बाँस पाईने गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology