Samayojan khabar

Advertisment

SKIP THIS

टायरमा बाँसको भाटा अड्किदा सुमो दुर्घट्ना,एक गम्भीर

टायरमा बाँसको भाटा अड्किदा सुमो दुर्घट्ना,एक गम्भीर


समायोजन खबर
  • बुधबार, पौस १० २०८१

  • दुर्घट्नामा क्षति पुगेको सुमो।

    समायोजन खबर खोटाङ, टायरमा बाँसको भाटा अड्किदा सुमो(जीप) दुर्घट्ना भएको छ। काठमाण्डौबाट फेदीतर्फ जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीस्थित तापखोलाको राखीमा दुर्घट्ना भएको हो।

    बुधबार अपरान्ह ३ बजे बाक्सिलातर्फ जाँदै गर्दा टायरमा बाँसको भाटा अडकिएको र गाडी रोकेर चालकले भाटा निकाल्ने क्रममा अचानक गाडी ब्याग सरी सडकबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घट्ना भएको प्रहरीले जनाएको छ।

    दुर्घट्ना हुँदा सुमोमा सवार फेदीका ७३ वर्षीय दुर्गा प्रसाद राई गम्भीर घाईते भएका छन्। बोल्न नसक्ने अवस्थामा भेटिएका घाईते राईलाई उद्धार गरी केपिलासगढी गाउँपालिकाको एम्बुलेन्समा राखेर जिल्ला अस्पताल दिक्तेल उपचारमा पठाईएको प्रहरीले जनाएको छ।

    सुमोमा चालक र घाईते राई मात्रै सवार रहेका थिए। दुर्घट्नाबाट सुमोमा पूर्ण क्षति पुगेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology