समायोजन खबर खोटाङ,खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमा बनेको पक्की पुल बाढीले बगाएपछि धमाधम बेलिब्रिज राख्ने काम सुरु भएको छ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि, बगाएको पुल नजिकै अस्थाई बेलिब्रिज राख्ने काम सुरु भएको हो।
बेलिब्रिज राख्न र खोल्नका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मंसिर २८ गते आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीसँग भ्याटसहित १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँमा सम्झौता गरेको थियो।
सम्झौता अनुसार उक्त प्रालिले यहि पुसभित्र बेलिब्रिज जडान सकेर यातायात सञ्चालन गराउनुपर्ने सडक विभाग उदयपुरका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो।
बेलिब्रिज राख्ने स्थानको अनुगमन तथा निरीक्षण गर्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई।
सुनकोशी नदिमा पहिलाकै ५० मिटरको बेलिब्रिज राखिनेछ। पहिलाको बेलिब्रिज खोलेर नदि किनारमा स्टोर गरिएको थियो। नदिमा पानी बढेपछि उक्त बजेटबाटै सोही कम्पनीले बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्नेछ।
गत असोज १२ गते पक्की पुल बाढीले बगाएपछि खोटाङबाट सिधै छोटो दुरीमा तराई जाने यातायात सेवा सोही दिनदेखि बिच्छेद भएको छ। अहिले खोटाङबाट रसुवाघाटसम्म गाडी पुगेर त्यहाँबाट पैदल झोलुङगे पुल तरेर पारी उदयपुरबाट अर्को गाडी चढेर तराई जानुपर्ने झन्झटिलो बाध्यता छ।
यसैबीच, कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले शनिबार बेलिब्रिज राख्ने स्थानमा भईरहेको कामको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। कालोपत्रेको ठेक्का लागेको रसुवा पानधारे सडक शिलान्यास गर्न खोटाङ आउनुभएका मन्त्री राईले हाललाई यातायातको साधन चलाउन बेलिब्रिज अस्थाई रुपमा राख्न थालिएको बताउनुभयो।
यातायातलाई स्थायी बनाउन बगाएको पुललाई निर्माण गर्ने अथवा बैकल्पिक मार्गको पहिचान गर्ने भन्ने विषयमा छलफल भईरहेको छ। मन्त्री राईले भन्नुभयो, ‘खोटाङलाई लागेको प्राकृतिक नाकाबन्दीलाई छ्टिटै स्थायी रुपमा तोड्ने छौ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology