समायोजन खबर खोटाङ, कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले कालोपत्रेका लागि ठेक्का लागेको रसुवा पानधारे सडक शिलान्यास गरेका छन्।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको रसुवाबजारदेखि पानधारेसम्म पुग्ने सडक अन्तर्गत ठेक्का लागेको १५ किलोमिटर सडकको पुष ६ गते रसुवाबजारमा शिलान्यास गरेका हुन्।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४६ करोड ७५ लाख ९८ हजार ६५७ रुपैयाँ ५६ पैसामा, ३६ महिनामा निर्माण व्यवसायीले उक्त सडक कालोपत्रे गरिसक्नुपर्नेछ। कालोपत्रे सडकको चौडाई ५.५ मिटरको हुनेछ।
सडक कालोपत्रे गर्ने ठेक्का याक्थुम्हाङ्ग/रेग्मी/चुरिया जेभी उदयपुरले पारेको छ। जेभीले गत साउन ७ गते भौतिक मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय उदयपुरसँग २०८४ सालको साउन ६ गतेभित्र सडक कालोपत्रे गरिसक्नेगरी सम्झौता गरेको थियो। तर, बर्खाको समय र फोक्सिङटारको पक्की पुल बाढीले बगाएका कारण ५ महिनापछि सडकको शिलान्यास गरिएको हो।
बहुबर्षे योजनामा पारिएको सडकलाई पहिलो प्याकेजमा रसुवादेखि सिमपानीसम्म(१५ किलोमिटर) कालोपत्रे गरिनेछ। त्यसपछि इन्द्रेणीपोखरी, रोक्सिम हुँदै पानधारेसम्म कालोपत्रे गरिनेछ।
मन्त्री राईले निर्माण व्यवसायीलाई दायाँबायाँ केही नभनी निर्धारित समयमै सडक कालोपत्रेको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ। तपाईहरु काम निकाल्नुस पैसा निकाल्ने जिम्मा मेरो भो भौतिक पूर्वाधार मन्त्रीको हिसाबले। मन्त्री राईले भने, ‘त्यसकारण खोटाङमा बजेटको अभाव हुदैन। यो सडक कालोपत्रे हुन्छ ढुक्क हुन आग्रह गर्छु।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology