समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिसाजन्य बोतलहरुमा प्रतिबन्ध लगाउने तयारी थालेको छ।
आयत भएका शिसाजन्य बोतलहरु व्यक्ति, पसल, कम्पनी वा डिलरले व्यवस्थापन नगरेपछि अन्तिम चेतावनी दिंदै शिसाजन्य बोतलहरु नगरभित्र पूर्णरुपमा प्रतिबन्ध लगाउने तयारी थालेको हो।
शिसाजन्य बोतलहरु जथाभावी फाल्दा,राख्दा नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्ने अभियानमै खलल भएको भन्दै अब, शिसाजन्य बोतलहरु प्रतिबन्ध लगाउने तयारी थालिएको मेयर तीर्थराज भट्टराईले बताए।
फोहोरमैला ऐन २०६८ र फोहोरमैला व्यवस्थापन नियमावली,२०७० मा समेत फोहोरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले नै पृथकीकरण तथा व्यवस्थापन गर्ने दायित्व सम्बन्धित फोहोरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायकै हुने उल्लेख भएकाले पटक–पटक छलफल र सरोकारवालालाई विगतमा पटक–पटक पत्रचार गर्दा समेत कार्यान्वयन नगरेकाले ३५ दिनभित्र शिसाको बोतलमा आउने पेय पदार्थहरु आयात गर्ने व्यक्ति, पसल, कम्पनी वा डिलरले शिसाजन्य बोतलहरु व्यवस्थापन गर्नुपर्नेछ।
यो निर्णय मंसिर १४ गतेदेखि लागू भई ३५ दिनभित्र सम्बन्धित सरोकारवालाहरुले शिसाजन्य बोतलहरु व्यवस्थापन गर्नुपर्नेहुन्छ। अन्यथा शिसाजन्य बोतललाई नगरपालिकामा पूर्णरुपमा प्रतिबन्ध गरिनेछ। मेयर भट्टराईले भने, “यो निर्णय कडाईका साथ कार्यान्वयन गरिनेछ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology