• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेड पाण्डा तथा थार महोत्सव गर्ने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेड पाण्डा तथा थार महोत्सव गर्ने


समायोजन खबर
  • आइतबार, मंसिर १६ २०८१

  • बनाएको रेड पाण्डाको चित्र देखाउँदै नेर्पाका शम्भु राई र उनले बनाएको रेड पाण्डाको थ्रीडी चित्र।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेड पाण्डा तथा थार महोत्सवको आयोजना गर्ने भएको छ। नगरपालिकाभित्र पाईने लोपोन्मुख रेड पाण्डा र थारको संरक्षण गर्ने उद्देश्यले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा उक्त महोत्सव गर्ने भएको हो।

    नगरपालिकाको पाथेका, नेर्पा, चिउरीडाँडामा लोपोन्मुख रेड पाण्डा र थार पाईने गरेको छ।

    करीव एक लाख मानिसलाई भ्रमण गराउने उद्देश्यले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षको रुपमा मनाउने तयारी भईरहंदा सरोकारवाला स्थानीय तहहरुले भिन्न–भिन्न महोत्सव गर्ने क्रममा नगरपालिकाले रेड पाण्डा तथा थार महोत्सव गर्ने निर्णय गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

    महोत्सव तयारीका लागि मुन्दुम ट्रेलसँग जोडिएका यस नगरपालिकाका वडाहरुका वडाध्यक्षहरु र फेकोफन लगायत सम्बन्धित सरोकारवालाहरु सहितको एक तयारी समिति बनाईनेछ। सो समितिबाट कार्ययोजना बनाई आवश्यक तयारी गरिनेछ। नगरप्रमुख भट्टराईले भने।
    यो पनि पढ्नुहोस,दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको तयारी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology