समायोजन खबर, हलेसी तुवाचुङ नगरपालिकाले भोलीदेखि आयोजना गर्ने खुल्ला महिला फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हलेसी तुवाचुङ नगरपालिका र साकेला सिली सल्ले आमनेसामने हुने भएको छ।
लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरसँगै “मेरो गोल, लैङिगक हिंसा विरुद्धको बोल” नाराका साथमा मंसिर ८ गते महादेवस्थानको बसाहाथान खेलमैदानमा आयोजक र सल्ले आमनेसामने हुने भएको शुक्रबार खेल तालिका सार्वजनि गर्दै जानकारी दिएको छ।
हलेसी तुवाचुङ नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुका अनुसार प्रतियोगिताका लागि १६ टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय अर्खौले–पदमा स्पोर्टस क्लब ओखलढुंगा, नवजीवन ज्योति बाहुनीडाँडा–सुदेबी महिला फुटबल क्लब, महाविर फुटबल क्लब दुर्छिम–भोजपुरबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै,प्रगतिशील सेवा समाज खर्क बाहुनीडाँडा–केवाइसी हलेसी कात्तिके, जन्तेढुंगा गाउँपालिका–जनजागरण युवा क्लब झापा, साकेला सिली दुर्छिम–महादेवस्थान तथा हलेसी ए र रिनुवल फुटबल क्लब ओखलढुंगाबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।सेमीफाइनलिष्ट दुई टिमले जनही २२ हजार २२२ रुपैयाँ र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता १० मंसिरसम्म चल्नेछ।
फुटबल प्रतियोगिताको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नेछन्। प्रतियोगिताको निर्णायकमा खोटाङकै महिला रेफ्रि शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुईजना पुरुष निर्णायक रहनेछन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology