समायोजन खबर खोटाङ, खोटाङमा मझुवागढी कालिका भगवति दोश्रो संस्करण अन्तर्गत खुल्ला अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।
एलाभेन ए साइडमा हुने प्रतियोगिता आगामी पुष २० गतेदेखि २७ गतेसम्म लफ्याङको रणजितमान राई खेलमैदानमा हुने भएको हो।
प्रतियोगितामा सहभागिताका पुष १५ गतेसम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता गर्न ५ हजार ५ सय रुपैयाँ लाग्ने असोज १७ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११, उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमिफाइनलिष्ट दुई टीमले जनही ३५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
वडा कार्यालय लफ्याङको आयोजना तथा नमुना स्पोर्टस क्लब लफ्याङको सहआयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न १७ लाख खर्च लाग्ने अनुमान गरिएको छ। फिफा नियम अनुसार खेल खेलाईनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology