Samayojan khabar

Advertisment

SKIP THIS

झापा बन्यो च्याम्पियन

झापा बन्यो च्याम्पियन


समायोजन खबर
  • मंगलबार, असार २६ २०८१

  • समायोजन खबर खोटाङ, कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा च्याम्पियन बनेको छ। प्रतिद्धन्द्धी टिम भोजपुरलाई शुन्यका विरुद्ध एक गोल गर्दै झापा च्याम्पियन बनेको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित यलम्बर रंगशालामा मंगलबार भएको फाईनल खेलमा झापाकी जेनिफर राना मगरले खेलको पहिलो हाफको १० मिनेटमा एक गोल गर्दै टिमलाई च्याम्पियन बनाएका हुन्। प्रतिद्धन्द्धी भोजपुरले कुनै गोल गर्न सकेन।

    च्याम्पियन बनेको झापाले नगद दुई लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उपविजेता भोजपुरले नगद एक लाख ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा वेष्ट गोलकिपर झापाकी जसदो लिम्बु, वेष्ट डिफेण्डर भोजपुरकी कमला श्रेष्ठ, वेष्ट मिडफिल्डर झापाकी सिम्रन राई, वेष्ट फरवार्ड भोजपुरकी आरती भुजेल, उदीयमान खेलाडी खोटाङकी रिया राई र उत्कृष्ट प्रशिक्षक झापाका सन्त बहादुर रायमाझी बने। उनीहरुले जनही तीन हजार सहित ट्रफि प्राप्त गरेका छन्।
    प्रतियोगितामा वेष्ट प्लेयर अफ द टुर्नामेन्टको ३५ हजार पुरस्कार झापाकी जेनिफर राना मगरले हात पारिन। हाई स्कोरर पनि झापाकै खेलाडी जेनिफर राना मगर भईन्। प्रतियोगिताभर नौ गोल गरेकी मगरले पाँच हजार प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई महेशले बताए।

    सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास बोर्डको २० लाख र जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा २० असारदेखि सुरु भएको प्रतियोगितामा प्रदेशभरीका १४ जिल्लाका महिला खेलाडीहरु सहभागी भएका थिए।

    विजेता टिमलाई प्रदेश खेलकुद विकास बोर्डका सस्दय सचिव पर्शुराम बस्नेत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पुरस्कार वितरण गरेका छन्। प्रतियोगिताको कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई पीकेले उदघाटन गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology