• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता १५ फागुनमा

राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता १५ फागुनमा


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ११ २०८०

  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिताको मिति टुंगो लागेको छ।

    १४ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता १५ फागुनदेखि १७ फागुनसम्म दिक्तेलस्थित स्थानीय माटिकोरे खेलमैदानमा हुनेछ।

    प्रतियोगिता सम्पन्न गराउन कोशी प्रदेश खेलकुद विकास वोर्डबाट चार लाख २० हजार बजेट प्राप्त भएको जिल्ला खेलकुद विकास समिति खोटाङका कार्यालय प्रमुख लिलाभक्त केसीले बताए।

    प्रतियोगितामा सितोरियो कराते, तेक्वान्दो, भलिवल, एथलेटिक्स, कबड्डी र उसु विधाबाट महिला पुरुष खेलाडी छनोट गरिनेछ। प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १२ हजार र तेश्रो हुने नगद ९ हजार पुरस्कार पाउनेछन्।

    अन्तरपालिका स्तरीय छनोटलाई मध्यनजर गरेर जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरु गराईसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology