• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति रनिङ शिल्डको उपाधि साकेला माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि साकेला माविलाई


समायोजन खबर
  • शनिबार, माघ २७ २०८०

  • समायोजन खबर खोटाङ,साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ।

    गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक सहित साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला मावि प्रथम भएको हो।

    प्रतियोगितामा नौ स्वर्ण पाँच रजत र सात काँस्य पदक जित्दै राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा दोश्रो भएको छ भने सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता तेश्रो हुन सफल भएको छ। सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ २३ गते मंगलबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा पाँच रजत र पाँच काँस्य पदक जितेर सिद्धेश्वरी मावि खिदिमा चौथो र चार रजत र पाँच काँस्य पदक जितेको बालबालिका मावि मात्तिम पाँचौ भएको छ।

    विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो।
    प्रतियोगितामा भलिवल, कब्बडी, हाईजम्प, लङजम्प, ट्रपल जम्प, सटफुट, ज्याभलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र(छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रअ शितल राईले जानकारी दिनुभयो।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्। जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology