समायोजन खबर खोटाङ, नेपालसहित १४ देशका चित्रकारहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो भूभागमा स्वागत गरेको छ।
धनु आर्ट स्टुडियोको प्राविधिक सहयोगमा नगरपालिकाले आज १७ असोजदेखि २१ असोजसम्म आयोजना गर्ने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा आएका चित्रकारलाई बुधबार नगरको विभिन्न स्थानमा स्वागत गरेको हो।
नुनथलाको महुरे, नुनथला, मुडे, बाम्राङ रमितेडाँडा, रत्नपार्क जिरोप्वइन्ट लगायत विभिन्न स्थानमा स्वागत गरिएको हो। स्वागतका क्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गर्दै स्थानीय परिकारअतिथिलाई खुवाईएको थियो।
चित्रकारहरुको स्वागतमा धेरै विधार्थी प्रयोग गरेको पाईएको छ। स्वागतका लागि विधार्थीलाई भोकभोकै घण्टौ उभ्याएर राख्दा विधार्थीहरुले पीडा खेपेकोे एकजना शिक्षकले बताए। उनका अनुसार स्वागतका लागि विधार्थीलाई सडकमा उतार्दा पढाईमा पनि अवरोध पुगेको छ। विधार्थीहरु घण्टौ सडकमा उभिएर साँझ ५ः४५ पछि मात्रै घर फर्केका छन्।
स्वागतमा बसेका विधार्थीहरु थाकेपछि बस्दै।
नगरपालिकाले कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्न दिक्तेल तथा आसपासका स्थानहरुमा केन्द्रित रहेर ४० जना बढी चित्रकारले जिल्लाको दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्साखोल्सी, खोँच, लेकवेशीका चित्रहरु लाइभ बनाउने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी मूल समारोह समिति संयोजक तीर्थराज भट्टराईले बताए।
संयोजक भट्टराईका अनुसार भोली बिहान जालपा, दिउँसो खानीडाँडा, पर्सी बिहान मझुवागढी अवलोकन र विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म हाँटडाँडा, हेलिप्याड र रत्नपार्कमा प्रत्यक्ष चित्रकला कोर्ने कार्यक्रम छ।
यस्तै, २० असोज बिहान भुलभुले अवलोकन र दिउँसो सरस्वती माविमा चित्रकला प्रदर्शनी, स्थानीय परिकारको स्टल, विभिन्न प्रकारका सांस्कृतिक झाँकी प्रदर्शन र सांगितिक कार्यक्रम हुनेछ। २१ असोजमा चित्रकार स्वदेश प्रस्थान गर्नेछन्।
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा आएका चित्रकारहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहित छनोट भएका र अन्य नौ वटा स्थानीय तहहरुबाट छनोट तथा प्राथमिकीकरणमा परेका तस्विरहरको लाईभ चित्र कोर्नेछन्।
लाईभ चित्र कोर्न नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट चित्रकारहरु दिक्तेल आएका छन्।
कार्यक्रमका लागि १८ लाख बजेट छुट्याईएको छ। कार्यक्रममा कूल खर्च ४९ लाख लाग्ने प्रक्षेपण गरिएको छ। जानकारहरुले चित्रकला कार्यक्रम जनमुखी नभएको बताईरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology