समायोजन खबर खोटाङ, सुरक्षित आप्रवासन सामी कार्यक्रमको सहजिकरण र समन्वयबाट खोटाङका १३ जनाले विभिन्न किसिमको आर्थिक सहायता पाएका छन्। बैदेशिक रोजगारीका सिलसिलामा बिरामी भएकाको परिवार, मृत्यु, अंगभङग र ठगीमा परेकाहरुले सम्बन्धित निकायबाट आर्थिक सहायता बापतको क्षतिपूर्ति पाएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कामदारको परिवार बिरामी भए वापत ५० हजार,बैदेशिक रोजगारीमा मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाका परिवारले मृत्यु आर्थिक सहायता बापत २१/२१ लाख र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका अङभङग भएकाले १ लाख ७५ हजार पाएका छन्।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका मृत्यु आर्थिक सहायता २१ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कामदारको परिवार बिरामीले ५० हजार, साकेला गाउँपालिका–२ रतन्छाका ठगीमा परेकाले ५० हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाका मृत्यु भएकाले २३ लाख, रावाबेशी गाउँपालिका–४ डुम्रेधारापानीका मृत्यु भएका परिवारले २१ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका कामदारको परिवार बिरामीले ५० हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ठगीमा परेकाले २ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीका अंगभङभ भएकाले १ लाख ५ हजार आर्थिक सहायता पाएको सामी परियोजनाका कार्यक्रम संयोजक ओजोन बाबु आचार्यले बताए।
आचार्यका अनुसार आर्थिक सहायता पाउनेहरुको नाम सुरक्षा र उहाँहरुको सल्लाह अनुसार गोप्य राखिएको छ। यस्तै,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका बैदेशिक रोजगारीका क्रममा मृत्यु भए पनि उहाँहरुको परिवारलाई आर्थिक सहायता दिलाउन प्रक्रिया अघि बढाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology