समायोजन खबर खोटाङ, खोटाङमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको मछा टोलका ससी राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
राईको घर गोठमा अवैध हातहतियार लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बुधबार दिउँसो २ वजे घर गोठ खानतलासी गर्दा दुई नाल भरुवा बन्दुक, बारुद बनाउन प्रयोग हुने गन्धक १०० ग्राम, ७ बट्टा सलाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन राज अर्यालले जानकारी दिए।
पक्राउ परेका अभियुक्त राई विरुद्ध हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology