समायोजन खबर खोटाङ, जिल्ला समन्वय समिति खोटाङले मौज्दात कोषको ३ करोड २१ लाख बजेट बाँडफाँट गरेको छ। चालू आर्थिक वर्षमा स्थानीय तहको प्रशासकीय भवन र स्वास्थ्य संस्था भवन निर्माण, खानेपानी योजना सञ्चालन तथा जिल्ला समन्वय समितिको भवन मर्मत संभारका लागि बजेट बाँडफाँट गरेको हो।
जिससलाई ५४ लाख तथा वडागत रुपमा तीन लाख र थप तीन लाखहित दुई नगरपालिका, आठ गाउँपालिकालाई बजेट बाँडफाँट गरिएको हो। जिसस प्रमुख ववि चाम्लिङले कार्यकाल सकिनुभन्दा अघिल्लो दिन आईतबार जिससमा पत्रकार सम्मेलन गर्दै आफ्नो ५ वर्षे कार्यकालको छैटौ जिल्ला सभाबाट मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ बमोजिम विकास निर्माण गर्नका लागि स्थानीय तहहरुलाई दामासाही रुपमा बजेट बाँडिएको बताए।
जिससर्लाइ विनियोजित वजेटबाट निर्माणाधिन खोटाङ स्तम्भको निर्माण कार्य पूरा गर्ने, कार्यालय रंगरोगन गर्ने र मालपोत कार्यालय नजिकको घुम्ती प्रतिक्षालयको निर्माण गरिनेछ। 
स्थानीय तह अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ४८ लाख, हलेसी तुवाचुङ नगरपालिकालाई ३६ लाख, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकालाई २४/२४ लाख, खोटेहाङ गाउँपालिकालाई ३० लाख, जन्तेढुंगा गाउँपालिकालाई २१ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई २४ लाख, वराहपोखरी गाउँपालिका र रावाबेशी गाउँपालिकालाई २१/२१ लाख र साकेला गाउँपालिकालाई १८ लाख बजेट विनियोजन गरिएको छ।
चालू आर्थिक वर्षमा स्थानीय तहको प्रशासकीय भवन, स्वास्थ्य संस्था भवन निर्माण, खानेपानी योजना सञ्चालन र जिल्ला समन्वय समितिको भवन मर्मत संभारका लागि २६ फागुनको छैटौ जिल्ला सभाबाट बजेट विनियोजन गरिएको थियो। स्थानीय तहले भने निर्माण र मर्मत संभारमा ४० प्रतिशत तथा खानेपानी योजना सञ्चालनमा २५ प्रतिशत रकम थप गरेर उक्त बजेट खर्च गर्न पाउने प्रावधान छ।
२०७४ फागुन २२ गते जिसस प्रमुखको शपथ ग्रहण गरेपछि आफ्नो कार्यकालमा प्रदेश सरकार कोभिड १९ रोकथाम तथा नियन्त्रण कोषमा प्रमुख उपप्रमुखको १५ दिनको र सदस्यहरुको १० दिनको पारिश्रमिकबाट कट्टा गरी १ लाख ५ सय जम्मा गरिएको, हालसम्म ५३ वटा बैठक, ६ वटा जिल्ला सभा तथा समिक्षा वैठक गरि महत्वपूर्ण निर्णय गरी कार्यन्वयन भएको चाम्लिङले बताए।
जिल्ला अस्पतालमा विभिन्न नयाँ स्वास्थ्य उपकरण थप गरि सेवा उपलब्ध गरिएको, ५० बेड क्षमताको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको नयाँ भवन निर्माण भईरहेको, अस्पतालका लागि गाडी खरीद गरिएको, सुविधा सम्पन्न एम्बुलेन्स खरीद गरिएको, अस्पतालको वेवसाईट सञ्चालन गरिएको, जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रले चिकित्सक सहित विभिन्न आयुर्वेद स्वास्थ्य उपचार सेवा सञ्चालन लगायत महत्वपूर्ण कामहरु भएको चाम्लिङले सुनाए। सोमबार समन्वय समितिको प्रमुखका लागि निर्वाचन हुंदैछ।
यो पनि पढ्नुहोस,जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन दर्ता
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology