Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाले थाल्यो राष्ट्रिय जागरण अभियान

नेकपाले थाल्यो राष्ट्रिय जागरण अभियान


समायोजन खबर
  • शुक्रबार, कार्तिक १४ २०८३

  • समायोजन खबर खोटाङ, खोटाङमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु भएको छ। पार्टीको संगठन निर्माण, अधिवेशन र आगामी निर्वाचनको तयारीलाई जागरण अभियान सुरु भएको हो।

    नेकपाको केन्द्रीय कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्यहरुको कार्तिक १२ गतेको संयुक्त बैठकले दुई महिने अभियान सुरु गरेको नेकपाले शुक्रबार पार्टी कार्यालय भवनगैरामा पत्रकार सम्मेलन गदै जानकारी दिएको छ।

    अभियानको प्रारम्भमा प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रियता, जनजीविका, सुशासन र पारदर्शिताको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाईएको छ। केन्द्रीय सदस्यहरुको नेतृत्वमा प्रदेश सदस्य र जिल्ला कमिटीको सदस्यहरुको दशवटा पालिकामा कार्यक्षेत्र विभाजन गरिएको र पालिका कमिटी, वडा कमिटीको बैठक यथासिघ्र आयोजना गर्ने अभियानको लक्ष्य रहेको नेकपा खोटाङका सह–इन्चार्ज ललिन्द्र राईले जानकारी दिए।

    वडा र पालिकास्तरमा तिहार विशेष कार्यक्रम, बाटोघाटो सरसफाई, जिल्ला स्कुल विभागको समन्वयमा दर्शनशास्त्र, अर्थ, राजनीति, वर्तमान राजनीतिक उपलब्धी, आर्थिक निर्भरता र समसामयिक राजनीतिक घट्नाक्रम र पार्टीको पथप्रदर्शक सिद्धान्तको वारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रियता, जनजीविका, जनअधिकार, सुशासन र पारदर्शिताको पक्षका संघर्ष गर्ने, अभियानमा जनवर्गीय संगठन र मोर्चाहरुको भेला र कमिटी निर्माणलाई तिव्रता दिने अभियानको लक्ष्य छ ।

    अभियानको अन्तमा निर्वाचन क्षेत्रस्तरको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागी वैठक आयोजना गरिने छ। यसैबीच,ग्रामिण विकास कार्यक्रमको अवधारणा निर्माण गर्न रामकुमार राई(पासाङ)को नेतृत्वमा कमल ढकाल, कविकुमार राईको समिति गठन गरिएको जानकारी दिईएको छ। भोटेकोशी बाढी पीडितलाई सहयोगार्थ पार्टीका तर्फबाट ९४ हजार ७६८ रुपैयाँ सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बैठकले निर्णय गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology