समायोजन खबर खोटाङ, ३० जेठमा हुने जिल्ला समन्वय समिति खोटाङको निर्वाचनमा प्रमुख पदमा गठबन्धन(जसपा)बाट जनता समाजवादी पार्टीका सनबहादुर राई र नेकपा एमालेबाट किशोर कुमार श्रेष्ठको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार मनोनयन दर्ता भएको हो।
जिल्ला समन्वय समितिको उपप्रमुखका लागि गठबन्धन(माओवादी केन्द्र)बाट सुरेश तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ। चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो।
खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको मनोनयन दर्ता भएको छ। एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता गराएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology