• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्सिदेखि चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना,सावधानी अपनाउन आग्रह

पर्सिदेखि चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना,सावधानी अपनाउन आग्रह


समायोजन खबर
  • शुक्रबार, असोज २९ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि पर्सिदेखि बद्ली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) विशेष बुलेटिन निकालेर पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो।

    भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् शान्ती कडेलले बताउनुभयो।

    पर्सि आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो। उहाँका अनुसार केही ठाउँमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ।

    मौसमविद्ले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। दशैँमा गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र फर्किन पनि उनीहरुको सुझाव छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology