समायोजन खबर खोटाङ, खोटाङमा आगलागी हुंदा घर र मतान घर जलेर नष्ट भएको छ। आगलागीवाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ईन्द माया भुजलेको घर र मतान घर पूर्णरुपमा जलेर नष्ट भएको हो।
मंगलबार दिउँसो १ः४५ वजे विधुत सर्ट भई आगलागी हुंदा भुजेलको घर र मतान घर जल्दा १३ लाख ६५ हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी निरिक्षक राजेन्द्र पौडेलले जानकारी दिए।
आगलागीवाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, नगद २५ हजार र ३ तोला चाँदी पूर्णरुपमा जलेको छ। यस्तै मतान घरमा रहेको दुई वटा गाई, एक वटा खसी, एक वटा बाख्रा पाठा, दुई वटा कुखुरा र आठ वटा परेवा जलेको छ।
आगलागीवाट मानवीय क्षति भएको छैन । स्थानीयवासी र प्रहरीले साँझ ५ वजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस,फर्निचर उधोगमा आगलागी, आधा करोडको क्षति
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology