• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फर्निचर उधोगमा आगलागी, आधा करोडको क्षति

फर्निचर उधोगमा आगलागी, आधा करोडको क्षति


समायोजन खबर
  • मंगलबार, चैत्र ३१ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङमा फर्निचर उधोगमा आगलागी हुँदा आधा करोडको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा रहेको गणेश फर्निचर उधोगमा आगलागी हुंदा ५० लाख ८६ हजार वरावरको क्षति भएको हो।

    स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उधोगमा मंगलबार बिहान ४ वजेतिर विधुत सर्ट भई आगलागी भएको अनुमान गरिएकोे छ। आगलागीवाट काठले बारेको टिनको छानो भएको एक तले उधोग घर, उधोगमा तयारी अवस्थामा रहेको १० लाखको फर्निचर सामग्री, ९० हजारको एक वटा जेनेरेटर, ८० हजारको कटर मेसिन, २१ हजारको खराट मेसिन, १ लाख २५ हजारको हाते मेसिन पूर्णरुपमा जलेर नष्ट भएको छ।गणेश फर्निचर उधोगमा लागेको आगो ।

    यस्तै, ३ लाख ७५ हजारको पात्ले, उतिस, सल्लाको काठपात, २० हजारको स्थानीय कुखुरा जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय, रेडक्रसकर्मी, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले घरघरको पानी संकलन गरेर तथा खानेपानीको पाईप काटेर एक घण्टामा नियन्त्रणमा लिएको थियो।

    करीव आगलागी नियन्त्रण भईसकेको वेलामा आईपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलले प्रभावकारी काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । दमकल आए पनि चालक अनुभवी नभएकाले दमकलले पानीको फोहरा फाल्न सकेन । स्थानीय, रेडक्रसकर्मी, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले आगोलाई खतरामुक्त बनाउँदा आईपुगेको दमकलले काम नगरेको भन्दै दमकलप्रतिको विश्वास टुटेको स्थानीयवासीको गुनासो छ।

    विहान ४ वजेको समयमा लाईन गएको र लाईन आउँदा बढी भोल्टेज आएकाले विधुत सर्ट भएको हुन सक्ने फर्निचर उधोगका प्रोपाईटर राईले बताए । सबै एमसीबी बन्द गर्ने गरेका थियौ । हिजो राती पनि त्यसै गरेका थियौ । राईले भने,‘मिटरबक्सबाट नै आगो उठेको देखियो, वढी भोल्टजकै कारण हो।

    विधुत प्राधिकरणको चरम लापारवाहीका कारण वढी भोल्टेज आउने गरेकाले जिल्लामा दैनिकजसो आगलागीको घट्ना हुने गरेको छ । नाम नबताउने शर्तमा एकजना जानकारले भने, न्युटलमा पनि फेज आईरहेको हुन्छ । यो विधुतको गल्ती हैन भने के हो त ?

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology