चिसाङ शेर्पा खोटाङ,
जिल्लाको स्थानिय सरकारको हकमा आफ्नै भवनमा सर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । आठ गाउँपालिकामध्ये विकासमा अगाडी रहेको गाउँपालिकाले आफ्नो ७० लाख लगानीमा निर्मित गाउँपालिका भवनदेखी आइतबारबाट नियमित कार्यालयगत कामकाज थालनी गरेको छ ।

गाउँपालिकाको सप्तेश्वर छितापोखरी याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा निर्माण भएको भवनमा ९ वटा कोठा, १ वटा सभाहल , ४ वटा शौचालय रहेको गाउँपालिकाले जनाएको छ ।

आइतबार भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवनलाई विभिन्न धर्म संस्कार संस्कृती अनुसार पुजाआज गरेर उद्घाटन गरिएको थियो । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईका अनुसार गाउँपालिकालाई कुनै जातिय विभेद, छुवाछुतरहित बनाउन विभिन्न धर्म संस्कार, संस्कृती अनुसार पुजापाठ गरेर भवनलाई सञ्चालनमा ल्याइएको बताउनुभयो ।

गाउँपालिका भवन उद्घाटनका लागि क्रमशः हिन्दु परम्पराको सत्यनारायण पुजा, बौद्ध परम्पराको लामा पुजा (लामा पढाइनु) किरात संस्कृती अनुसार भूमि पूजा(साकेला नाच), मगर समुदायको हुुर्रा नाच गरिएको थियो । आ–आफ्नो परम्परा अनुसार पूजाअर्चना गर्न गाउँपालिकाबासी सबैलाई आग्रह गरिएको थियो । गाउँपालिका प्रमुख राईले भन्नुभयो, “सहभागी जनाएसम्म सबैलाई स्थान दिएका हौ ।”

हरेक कुराले संमृद्ध बन्दै गएको गाउँपालिका हाल सञ्चार सुविधामा पनि नजिक बनेको छ । गाउँपालिकाको सातै वडामा ईन्टरनेट जडान गरिएको छ । यस्तै सदरमुकाम दिक्तेलसम्मको सबैभन्दा फास्ट ट्रयाकको सडक सञ्चालनमा ल्याइएको छ ।



क्याप्सन : गाउँपालिका भवन उद्घाटनपुर्व पुरोहितबाट आर्शिबाद लिनुहुंदै गाउँपालिका प्रमुख/उपप्रमुख तस्विर, चिसाङ शेर्पा, २०७५ साउन १५ गते बिहान १० : १५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology