Samayojan khabar

Advertisment

SKIP THIS

के हो असारे गीत जान्नु होस, (केही असारे गीत सहित)

के हो असारे गीत जान्नु होस, (केही असारे गीत सहित)


चिसाङ शेर्पा
  • शुक्रबार, असार १५ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा असार/१५ खोटाङ,
    नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ । नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ । रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन । जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ ।

     

    असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । असारेलाई पूर्वी भेगमा ’रसिया’ भनिन्छ भने पश्चिमाञ्चलतिर ’काँठेभाका’ भनिन्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाकाका फाँकीहरू १६/१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ । असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ । विकिपिडियाको सहयोगमा

                                                               असारे गीत
                                            रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
                                          हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
                                           असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
                                          बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा

                                                        असारे गीत
    असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
    पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो‘‘ ।
    खडेरीले फाटेको यो मन असारमै जोडौँला,
    लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला‘..।

    क्याप्सन : खोटाङको बाम्राङस्थित झिसेपुमा सामूहिक रोपाइ गर्दै सहभागीहरु, तस्विर चिसाङ शेर्पा २०७५ असार १५ साँझ ७ : ३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology