Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका जिसस संयोजक र सिडियो बने दुई बालिकाको अभिभावक

खोटाङका जिसस संयोजक र सिडियो बने दुई बालिकाको अभिभावक

वडाको आफ्नै शैक्षिक कार्यायोजना लागू


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख ११ २०७५

  • चिसाङ शेर्पा बैशाख/११ खोटाङ,
    जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी दुई छात्राको अभिभावक बन्नुभएको छ । जिसस प्रमुख चाम्लिङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ श्रीमावि बाँसवोटे कक्षा ५ मा अध्ययनरत शिलिमिका राई तथा प्रजिअ अधिकारी नगरपालिका–४ खाल्लेकी सोही विद्धालय कक्षा ८ मा अध्ययनरत छात्रा अनुशा श्रेष्ठको अभिभावक बन्नुभएको हो ।

     

    कक्षा पाँचमा अध्ययनरत राई बुबा विहिन बालिका हुन् । कक्षा आठमा अध्ययनरत श्रेष्ठ अनाथ बालिका हुन् । विद्धालयमा अनुशासित, पढाईमा अब्बल तथा आर्थिक स्थिती नाजुक भएको दुई विधार्थीलाई उच्च शिक्षा तहसम्म पढाउने प्रण गर्दै मंगलबार श्रीमावि बाँसवोटे लफ्याङ वडा शिक्षा समितिले गरेको बार्षिक कार्ययोजना क्यालेण्डर विमोचन कार्यक्रममा विधार्थीलाई, कापि, कलम, झोला, पोशाक, जुत्ता दिएर जिसस प्रमुख राई र प्रजिअ अधिकारीले अभिभावकत्व ग्रहण गरेका हुन् ।

     

    आर्थिक अवस्था, पारिवारिक अवस्था लगायतको अवस्थालाई मूल्यांकन गरेर दुई बालिकाको अभिभाबकत्व ग्रहण गराइएको विद्यालयले जनाएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष बिकास राईले पनि कक्षा ८ सम्म एक विद्यार्थीको अभिभाबकत्व ग्रहण गर्ने घोषणा गरेका थिए । यसअघि खोटाङका प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईले अभिभावक विहिन खोटेहाङ गाउँपालिका– ७ की सात वर्षीया बालिका बर्षा तामाङको अभिभाबकत्व ग्रहण गर्नुभएको थियो ।

    वडाको आफ्नै शैक्षिक कार्यायोजना लागू

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङले शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ । वडामा रहेका पाँच सामुदायीक बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै सामुदायीक बिद्यालयप्रतिको आकर्षण बृद्धिका लागि वडा कार्यालयले शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको हो । वर्षभरी विभिन्न बिद्यालयमा सञ्चालन हुने क्रियाकलापलाई समेटेर निर्माण गरिएको शैक्षिक कार्ययोजना मंगलबार बिमोचन गरिएको छ ।

     

    वडामा रहेका एक वटा माबि, एक वटा आधारभुत विद्यालय, तीन वटा प्रावि र सात वटा बाल बिकास केन्द्रलाई बोर्डिङ स्कुलको बिकल्पकारुपमा बिकास गर्नका लागि शैक्षिक कार्यायोजना बनाइएको वडा शिक्षा समितिका अध्यक्ष रहेका वडाध्यक्ष निर्मल राईले बताए ।
    बैसाख ७ गतेसम्म भर्ना अभियान एबं पाठ्यापुस्तक वितरण अभियान सञ्चालन भएको वडामा आगामी बैसाख २१ गते नेपाली र २८ गते अंग्रेजीमा हस्तलेखन प्रतियोगीता, जेठ ४ गते दैनिकी लेखन, जेठ ११ गते प्रतिबेदन लेखन, जेठ १८ गते समाचार लेखन लगायतका कार्यायोजना बनाइएको छ ।

     

    यस्तै, असार ६ गतेदेखि १४ गतेसम्म पहिलो त्रैमासिक परिक्षा, असार १५ गते बृक्षारोपण, साउन १८ गते प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, भदौ १ गते करेसाबारी निर्माण, असोज ११ गते आन्तरिक शैक्षिक भ्रमण, असोज १८ गते वडामा उपलव्ध जडिबुटी संकलन र प्रवद्र्धन, मंसिर ६ गते सञ्चारका विषयमा शिक्षण, मंसिर २२ गते कृषि उपज बिक्री कार्यक्रम, पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्यालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान कार्यक्रम राखिएको छ । वर्षका अन्तिममा चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार लगायतका कार्ययोजना तयार पारेर कार्यान्वयन सुरु गरिएको वडा शिक्षा समितिका संयोजक राईले बताए ।

     

    यसैगरी, लफ्याङका उत्कृष्ट शिक्षक तथा बिद्यार्थी सम्मानित भएका छन् । वर्षभरीको मूल्यांकनका आधारमा वडा शिक्षा समितिले सालपीदेबी प्राबिकी शिक्षिका सुस्मा राई र छात्रा सुदिक्षा अधिकारी, बालबिकास प्राबिकी शिक्षीका जुरनकुमारी राई र छात्रा सुजता राई, जनचेतना आधारभुत बिद्यालयका शिक्षक सुजनकुमार बजिमय र छात्र मनोज राई, श्रीमाबि बाँसबोटेका शिक्षक ज्ञानेन्द्रकुमार राई, छात्रा शिक्षा राई र इन्द्रबहादुर राई तथा शारदा प्राबिकी छात्रा आशाकुमारी तामाङ सम्मानित हुनु भएको हो । उत्कृष्ट बिद्यालयको सम्मान सालपीदेबी प्राबिले पाएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology