Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा वर्षदिनमा चट्याङ लागेर तीनको मृत्यु

खोटाङमा वर्षदिनमा चट्याङ लागेर तीनको मृत्यु


चिसाङ शेर्पा
  • शुक्रबार, बैशाख ७ २०७५

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा बैशाख/७ खोटाङ,
    खोटाङमा एक वर्षमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । विभिन्न समयमा हावाहुरी मेघगर्जनसहित परेको चट्याङले गएको वर्षमा तीन जनाको मृत्यु भएको हो ।

     

    जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार २०७४ बैशाख २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४३ वर्षीय शेर बहादुर कट्वाल, गत चैत्र २१ गते सोही नगरपालिका–२ सोल्मा ओखरबोटका ६२ वर्षीय सम्बर वहादुर दाहाल र साकेला गाउँपालिका–२ रतन्छाकी ५५ वर्षिय वाल कुमारी खत्रीको एकै दिन मृत्यु भएको थियो ।

     

    गएको वर्षमा विभिन्न समयमा चट्याङ लागेर घाईते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी ७ वर्षीय सुस्मिता खत्री, ७ वर्षीय सुस्मा खत्री, लफ्याङकी ४५ वर्षीय प्रविना श्रेष्ठ र साकेला गाउँपालिका–२ रतन्छाका ६४ वर्षीय प्रेम वहादुर खत्री उपचारपछि घर फर्केका छन् ।

     

    यस वर्ष चट्याङकै कारण ओखलढुंगा घरभई शसस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेलमा कार्यरत जवान यूवराज वि.क अझै वोल्न नसक्ने गम्भीर अवस्थामा छन् । गत बैशाख ३ गते चट्याङ लागेका विकको जिल्ला अस्पताल दिक्तेलले काठमाण्डौ रेफर गरेकोे थियो ।  यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १८ वर्षीय प्रेम बहादुर कट्वाल र रावावेशीं गाउँपालिका–१ कुभिण्डेकी ७५ वर्षीय चन्द्रमाया तामाङ घाईते भएका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology